आगलागी पीडितलाई राहत स्वरुप १५ हजार प्रदान

जुम्ला ः चन्दननाथ नगरपालिका – ३ सिम्खाडा गाउँका देविप्रसाद उपाध्यायको घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढी क्षति भएको छ । सोलारको व्याट्रीबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

आगलागी हुदा घरभित्र लत्ता कपडा, अन्नपात सवै जलर नष्ट भएको आगलागी पीडित देविप्रसाद उपाध्यायले बताए । उनले भने घर आगलागी पछि विचल्लीमा परेका छौँ । पाँच जनाको घर परिवार अहिले छिमेकीको घरमा श्रहण लिएर बसेका छौँ ।

पुस माघको कठ्याङरिदो जाडोमा लत्ता कपडा जलेर नष्ट भएपछि अहिले ज्यान जोगाउन कठिन भएको उनले गुनासो गरे । यस्तो संकटपूर्ण अवस्थामा सहयोगी मनहरुलाई सहयोग गरी घाउमा मलम लगाईदिन उनले अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले घटना स्थलमै पुगेर अध्ययन अनुगमन गरी आगलागी पीडितलाई राहत स्वरुप १५ हजार रुपियाँ प्रदान गरेको छ । प्रजिअ थापाले भने जिल्ला विपद् व्यवस्थापन समिति मार्फत राहत प्रदान गरिएको हो । पाँच जना घरपरिवार भएकालाई १५ हजार रुपियाँ राहत स्वरुप उपलव्ध गराउने व्यवस्था रहेको छ ।

यस्तै उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजबअलि मनियारले व्यक्तिगत रुपमा एक कट्टा चामल र दुई प्याकेट खाने तेल उपलव्ध गराएका छन् । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलको प्रयासमा डेढ घण्टामा आगो नियन्त्रण लिन सकिएको प्रहरी नायव उपरीक्षक माधब प्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस