संसद विघटनको देशभर गाईजात्रा, कनकासुन्दरीमा दिउदे गाउँसभा


जुम्ला ः गएको पुस ५ गते संसद विघटनपछि संसद विघटनको पक्ष र विपक्षमा राजनीतिक लडाई चलिरहेको बेला जुम्लाको कनकासुन्दरी गाउँपालिकाको दिउदे छैटौँ गाउँसभा सम्पन्न भएको छ ।
संसद विघटनको पक्षमा नेकपा ओली पक्ष बाहेक नेकपाकै प्रचण्ड–नेपाल पक्षधरसहित नेपालका अरु साना ठुला राजनीतिक पार्टी, नागरिक समाज, कानुन विद् विपक्षमा छन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको एक स्वँरमा विरोध जनाई रहेको बेला जुम्लाको कनकासुन्दरी गाउँपालिकाको हिउदे गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र गाउँ शिक्षा नीति २०७७ पारित भएको सूचना अधिकारी दानसिंह कार्कीले बताए ।
गाउँपालिकाको वडा नं ३ भुगोल र जनसंख्याको आधारमा ठुलो भएकोले वडा थप गर्न वडा विभाजन प्रस्ताव पास भएको छ । लुम, गौरी, ओखरपाटा एक वडा र माथिबुडु, माजबुडु, गोठेलाबाडालाई अर्काे वडा बनाउने प्रस्ताव पारित भएको सूचना अधिकारी कार्कीले बताए । उनले भने पारित वडा विभाजन पस्ताव प्रदेश सरकार र संघीय सरकारमा पेश गरिने छ । यस गाउँपालिका ८ वडा विभाजित थियो । अब ३ नम्बर वडा विभाजन गरेपछि ९ वडामा विभाजन हुने भएको छ ।
स्वास्थ्य शाखा संयोजक दामोदर आचार्यका अनुसार १५ शैयाको अस्पताल सञ्चालन गर्ने, पोलीक्लिनिक सञ्चालन, एम्बुलेन्स सेवा, प्रसुति गृह सञ्चालन तथा आवश्यक स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन जस्ता कुरा स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७७ मा उल्लेख गरिएको छ ।
शिक्षा संयोजक नारायण धितालका अनुसार गाउँपालिको हिउदे गाउँ सभाबाट गाउँ शिक्षा नीति २०७७ पारित भएको छ । विद्यालय बालमैत्री तथा अपांगमैत्री बनाउने, बालबालिकालाई पठनिए बनाउनका लागि बालविकास केन्द्रहरु छापामय बनाउने यस गाउँ शिक्षा नीतिमा उल्लेख गरिएको छ ।
माध्यामिक स्तरमा पठनपाठन गर्ने छात्रा र दलित बालबालिकालाई प्रोत्साहन र छात्राबृद्धि, सीप मुलक कार्यक्रम, अपांगता भएका बालबालिकालाई स्वरोजगार बनाउनका लागि व्यवसायिक सीपमुलक तालिमहरु सञ्चालन गर्ने जस्ता कुरा गाउँ शिक्षा नीतिमा उल्लेख गरिएको उनले बताए ।
समुन्द्री सतह देखि २ हजार ५ सय १४ मिटर उचाईमा रहेको गाउँपालिका जुम्लाको सदरमुखकाम खलंगा देखि करिव ५५ किमि दुरीमा रहेको छ । १२ हजार ९ सय ७७ जनसंख्या रहेको छ भने २ हजार ५ सय घरधुरी रहेको छ ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस