सागर परियार ।
जुम्ला हुदै डोल्पा जोड्ने बहुवर्षिय सडकको स्तरउन्नती हुने भएको छ । जुम्लाको पुर्वमा पर्ने दानसाँघु पक्की पुल हुदै डोल्पा जोड्ने सडकको स्तरउन्नती हुने भएको हो । बहुवर्षिय ठेक्काका आधारमा सडक सुधारको कार्यलाई अघि बढाईने तयारी छ ।
जसका लागि कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट ३३ करोड ४० लाख मात्रै बजेट स्वीकृत भएको छ । बहुवर्षिय योजनाका लागि ३३ करोड बजेट कनिका छर्नु जतिकै हो । ३३ करोडले जुम्ला हुदै डोल्पा जोड्ने ४४ किलोमिटर मध्य १० किलोमिटर सडकको मात्रै स्तरउन्नती हुने पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलले बताए ।
उनले भने,“हेर्दा बजेट ३३ करोड ४० लाख देखिएपनि बहुर्षिय योजनामा यो बजेट नगन्य अर्थात थोरै बजेट हो । बजेट अनुसार कार्यअवधि २ वर्ष हुनुपथ्र्यो । तर पन्चबर्षिय योजनामा ३३ करोड भनेको धेरै कम हो, यसले विकास निर्माण मात्रै प्रभावित हुन्छ ।”
जुम्ला, दानसाँघु, चोत्रा काईगाउँ हुर्दै डोल्पा जोड्ने बहुवर्षिय सडकको १० किलोमिटर सडक मात्रै पाँच वर्षमा स्तरउन्नती हुने छ । एकै वर्षमा ५÷६ करोड बजेटको खर्च गरेपनि पाँच वर्ष सम्म ३३ करोड बजेट नपुग्ने रावलको भनाई छ ।
पटक पटक स्टमेट गरी पठाएको बजेट स्वीकृत हुन सकेन् । तर धौधौ गरी यस पटक ३८ करोडको स्टमेट गरेपनि ३३ करोडको स्वीकृत भएको छ । यो बजेटले पाँच वर्षमा १० किलोमिटर सडक ग्राभेल,ग्राभेल नटिक्ने ४–५ सय मिटर सडकमा आरसिसि र नाला निर्माण गरिने भएको छ ।
काम गर्नुपर्ने धेरै, बजेट थोरै हुने भएकै कारण बहुवर्षिय योजना प्रभावित हुने गरेको रावलले उल्लेख गरे । जुम्ला डोल्पा जोड्ने सडकको १० किलोमिटर सडक पाँच वर्षमा ग्राभेल भएपनि बाँकी सडक खण्ड कहिले निर्माण हुने कुनै टुंगो छैन ।
बहुवर्षिय योजनामा बजेटनै नजुट््ने जुटेपनि प्रयाप्त नहुने समस्याकै कारण जुम्ला डोल्पा बहुवर्षिय सडक मात्र नभई जुम्लाका दर्जनौ बहुवर्षिय योजना अलपत्र छन् । उहाहरणका लागि धौलिघाट खानेपानी आयोजना,जुम्ला उर्थु पटमारा हुदै बुलबुले सडक, सनिगाउँ सिंजा जोड्ने सडक, मुगु, जाजरकोट जिल्ला संग जोड्ने बहुवर्षिय योजनाका दर्जनौ सडक बजेट अभावले अलपत्र छन् ।
बहुवर्षिय योजनामा प्रयाप्त बजेट नभएकै कारण कर्णालीको पूर्वाधार विकासले गती लिन नसकेको पूर्वाधार कार्यालयका प्रमुख रुप बहादुर रावलले बताए । बजेट अभावनै कर्णालीको पूर्वाधार विकासमा मुख्य चुनौती भएको उनको भनाई छ ।
जुम्ला डोल्पा सडक स्तरउन्नतीका लागि स्वीकृत भएको ३३ करोड ४० लाख बजेटले लक्ष्य अनुसार काम हुन नसक्ने चिन्ता व्यक्त गरे । अघिल्लो पटक जुम्ला डोल्पा सडक सुधारका लागि ९९ करोडको स्टमेट पठाउँदा मन्त्रालयबाट स्वीकृत हुन् सकेन् । तर यस वर्ष कानुन मन्त्री नरेश भण्डारीको पहल पूर्वाधार कार्यालयको ताकेता ३३ करोड स्वीकृत भएको छ । आउने बैशाख जेठबाट काम शुरु गर्ने पूर्वाधार कार्यालयले जनाएको छ ।