जनशक्ति अभावले जुम्लामा सुरक्षा चुनौती प्रहरी दरबन्दी ३५०,कार्यरत २४५ मात्रै

जुम्ला । जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठुलो शहर जुम्लामा बढ्दो शहरीकरण,बढीरहेका हिंसात्मक गतिविधिका बीच दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको हो । जुम्लाको कठ्याग्रिदो चिसोमा एकजना प्रहरीले दैनिक १८ घण्टा सम्म ड्युटि गर्नुपर्ने बाध्यता छ । भने, थोरै संख्यामा रहेका प्रहरीले ओभर टाईम ड्युटि गरेर पनि जिल्लामा शान्ती सुरक्षा गरिरहेका छन् ।

स्वयम आफै असुरक्षित भएर दैनिक १८ घण्टा ड्युटि गरेर नागरिकको सुरक्षामा खटिरहेको डिएसपी माधव प्रसाद काफ्लले बताए । उनले भने,“जुम्लामा प्रहरीको जम्मा दरबन्दी ३ सय ५० जनाको हो । तर हाल कार्यरत २ सय ४५ जना मात्रै छन् । भने, १ सय ५ जना सुरक्षाकर्मीको दरबन्दी वर्षौदेखि रिक्त छ । जसका कारण प्रयाप्त सुरक्षाकर्मी खटाउन सकस भएपछि सुरक्षा चुनौती बढेको हो ।” कार्यरत २ सय ४५ जना मध्य १ सय ६५ जना सुरक्षाकर्मी जिल्लाभरीका २७ वटा प्रहरी चौकीमा कार्यरत छन् ।

भने,जिल्ला प्रहरी कार्यालयमा ८० जनाले मात्रै समग्र सदरमुकामको शान्ती सुरक्षा गरिरहेका छन् । डिएसपी काफ्ले भन्छन,“हजारौको संख्यामा हुने आन्दोलन प्रर्दशनलाई नियन्त्रण गर्न एक डेढसय सुरक्षाकर्मी खटाउनु पर्छ । तर २०÷३० जना पठाएर भिड नियन्त्रण गर्नु,शान्ती सुरक्षा कायम गर्न निकै सकस हुन्छ ।” १८ जनाको दरबन्दी रहेको हाँडसिंजा ईलाका प्रहरी कार्यालयमा ९ जना मात्रै कार्यरत छन् । भने, १० जनाको दरबन्दी रहेका जिल्लाका सबै अस्थायी प्रहरी चौकीमा ५÷६ जना मात्रै कार्यरत छन ।

गाउँमा आगलागी,झैझगडा भएको खण्डमा पनि सुरक्षा दिन सक्ने जनशक्ति नहुँदा समस्या भएको हाडसिंजा ईलाका प्रहरी कार्यालयका प्रमुख बालकृष्ण विकले बताए । जिल्लाको जनघनत्व बढ्दै जाने,दैनिक हत्या,हिंसाका घटना बढ्दै जाँदा प्रतिकुल अबस्थामा पनि सिमित स्रोत साधनका बीच शान्ती सुरक्षालाई मजबुद पारेको डिएसपी माधव काफ्लेको दाबी छ ।

रिक्त दरबन्दी पुर्तिका लागि माग गरेपनि प्रक्रियागत जटिलताले दरबन्दी परिपर्ति नभएको उनको भनाइ छ ।  जिल्लाको सुरक्षा दिने प्रहरीनै आफु असुरक्षित छ । नत प्रहरीको राम्रो आभास छ, नत प्रयाप्त जनशक्तिनै । तर सिमित जनशक्ति,स्रोत साधनलाई सदुपयोग गरी नागरिकलाई शान्ती सुरक्षाको महशुस गराउने प्रयासमा जुटेको डिएसपी काफ्लेको तर्क छ ।

अधिकांश चौकी भाडाकै घरमा

जुम्लाका अधिकांश प्रहरी चौकी भाडाकै घरमा छन् । जिल्लामा रहेका २७ वटा प्रहरी चौकी मध्य ११ वटा आफ्नै छन् । भने, ६ वटा विभिन्न कार्यालय संग सम्बन्धीत छन् । साथै १३ वटा चौकी भाडाकै घरमा बसेका छन् । ताम्ती,गोठिज्युला,उर्थु लगायत ९ वटा चौकी तत्कालिन ?पमा स्थानीय सरकार,बजार व्यवस्थापन समितिबाट संचालन भएपनि आधारिक प्रहरीकै आफ्नै भवन छैनन् ।

सुरक्षा जोखिम बढ्दै जाँदा विभिन्न निकाय तत्तकालिन सहयोग गरेर चौकी बसेपनि आफ्नै भवन नभएको डिएसपी काफ्लेको भनाई छ । हाल भाडामै बसिरहेका जिल्ला ट्राफिक कार्यालय,हाँकु,मणिसाँघु र चौथा प्रहरी चौकीको घरभाडा बापत मासिक ?पमा ६२ हजारका दरले वार्षिक ?पमा ७ लाख ४४ हजार ?पैया भाडा तिर्ने गरेको जिप्रको लेखाशाखाले जनाएको छ ।

यता प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वर्षौदेखि भाडाकै घरमा बसेर पनि शान्ती सुरक्षामा खटिएका चौकीको आफ्नै भवन बनाउन आबश्यक पहल गर्ने बताए । उनले भने,“एका तर्फ जिल्लाको सुरक्षा जनशक्ति कम,अर्को तर्फ भाडाकै घरमा बस्नु पर्ने बाध्यतामा पनि अधिकतम ?पमा सुरक्षाकर्मी परिचालन गरी शान्ती सुरक्षा मजबुद बनाएका छौ ।” चिसोमा प्रयाप्त पोशाक नपाउने,न्यानो नपाउने,न्युन जनशक्तिका कारण ओभरटाईम ड्युटि गर्नु पर्ने, प्रोत्साहन भत्ता नपाउने समस्याका बाबजुत हिमाली जिल्लाका प्रहरीले शान्ती सुरक्षालाई प्रभावकारी बनाएका छन् ।

 

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस