आधारभुत स्वास्थ्य सेवामैत्री नगर बन्दै चन्दननाथ

सागर परियार ।
चन्दननाथ नगरपालिकाका १० वटै वडामा आधारभुत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्थानीय सरकार संचालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिताका लागि नगरका १० वटै वडामा आधारभुत स्वास्थ्य सेवा पुराउने अभियान चन्दननाथ नगरपालिका जुटिरहेको छ ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने,गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा बुधबार नगरका ४ वटा वडामा एकैसाथ आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । मेयर कान्तिका सेजुवालले बुधबार २,३,६ र ९ नम्बर वडामा एकैसाथ आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो ।

साथै हाल वडा नम्बर ५ का स्थानीय नागरिक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवाको पहुँचमा रहेकोले तत्काल आधारभुत स्वास्थ्य केन्द्र संचालन नगरिएको मेयर सेजुवालको भनाई छ । तर निकट भविष्यमै वडानम्बर ५ मा आधारभुत स्वास्थ्य केन्द्र संचालन गर्ने तयारी रहेको छ ।

त्यस्तै यसअघि प्रकाशित समचारमा वडा नं. ५ का नागरिकले प्रतिष्ठानबाट सेवा लिइरहेको भन्नुपर्नेमा टाईपिङ गल्तीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वडा नं.५ मा पर्छ भन्ने भएकोले सच्याइएको छ ।

भने ५ नम्बर वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । भने, १ नम्बरमा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बाँकी छ । चन्दननाथ नगरपालिका कर्णालीकै पहिलो आधारभुत स्वास्थ्य सेवायुक्त नगर समेत बनेको मेयर सेजुवालको दाबी छ ।

उहाँले भन्नुभयो,“आधारभुत स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार हो । त्यसबाट कोहि बन्चित नहुन भन्ने लक्ष्य राखिएको छ । गाउँमा गर्भवती महिला,जेष्ठनागरिक,बालबालिका,अपांग व्यक्तिका राहतका लागि घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र संचालनमा ल्याएका हौ । सामान्य विरामी हुँदा मेडिकल,अस्पतालमा किन्नु पर्ने औषधी आधारभुत स्वास्थ्यकेन्द्रबाट नागरिकले निशुल्क पाएर राहत महसुस गर्ने छन् ।”

अहिले ५ वटै स्वास्थ्य केन्द्र भाडाको घरमा संचालन गरिएको । चालु आवको अन्तिम सम्म आफ्नै भवनबाट सेवा दिनेगरी काम अघि बढीरहेको मेयर सेजुवालको भनाई छ । ५ नम्बर वडा बाहेक नगरका सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । ५ नम्बर वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेलले संघियता कार्यान्वयनयमा आए संगै नागरिकलाई हरेक सेवा गाउमै पुराउने लक्ष्य अनुसार घरदैलोमै आधारभुत स्वास्थ्य केन्द्र संचालन गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“सरकारले प्रत्यक स्थानियतहमा १५ शैयाको अस्पताल र हरेक वडामा आधारभुत स्वास्थ्य संस्था पुराउने लक्ष्य राखेको छ । साथै मातृ शिशु मृत्युदर घटाउने, ठुलो समस्या बाहेक अन्य विरामीको औषधी पाईने गरी स्वास्थ्य केन्द्र संचालन गरिएको हो ।”

स्वास्थ्यको विकास बिना राष्टको विकास असम्भव भएकोेले, निरोगी दक्ष जनशक्ति उत्पादनका लागि सरकारको प्रथामिकता स्वास्थ्य क्षेत्रमा रहेको उहाँको भनाई छ ।

२० हजार नागरिक आधारभुत स्वास्थ्यको पहुँचमा
चन्दननाथ नगरपालिकाका ४ हजार २ सय ७१ घरधुरी २० हजार ८ सय ८४ जना नागरिक आधारभुत स्वास्थ्य सेवाको पुहँचमा पुगेका छन् । नगरपालिकाले पाँच वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र,४ वडामा स्वास्थ्यचौकी र १ वडामा सहरी स्वास्थ्य क्लिनिक र ५ नम्बर वडामा प्रतिष्ठान गरेर १०वटै वडाका ४ हजार २ सय घरधुरीका २० हजार ८ सय बढी नागरिक प्रत्यक्ष रुपमा स्वास्थ्यको पहुँचमा पुगेका हुन् ।

चन्दननाथ ६ की पुल्ती सुनारले गाउँमै आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन हुँदा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“सामान्य विरामी हुँदा मेडिकल,अस्पतालको महंगो औषधी किन्नु पथ्र्यो । अब गाउँमै आधारभुत स्वास्थ्य केन्द्र संचालन हुँदा सबै नागरिकलाई राहत पुग्छ ।” नगरका सबै नागरिक गाउँगाउँमा आधारभुत स्वास्थ्य केन्द्र संचालन हुदाँ खुसी भएका छन् ।

६४ प्ररकारका औषधी निशुल्क पाईने
गाउँगाउँमा संचालित आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट विभिन्न ६४ प्ररकारकाले औषधी निशुल्क पाईने छन् । चन्दननाथ नगरपालिकाका स्वास्थ्य सह–संयोजक क्षेत्र बहादुर महतले भन्नुभयो,“सरकारले दिने ३५ प्ररकारको निशुल्क औषधी र बाँकी नगरपालिकाले खरिद गरेको औषधी गरी ६४ प्ररकारका औषधी निशुल्क दिने व्यवस्था गरेका हौ ।”

गत आवमै संचालन हुने कार्यक्रम भवन,जनशक्ति अभावले गर्दा संचालन हुन नसकेर बजेट फ्रिज भएको सहसंयोजक महतले उल्लेख गर्नुभयो । चालु आवमा नगरपालिकामा ५ वटा आधारभुत स्वास्थ्य केन्द्र संचालनका लागि ७० लाख बजेट विनियोजन भएको समेत महतले जानकारी दिनुभयो । गाउँका नागरिकले आधारभुत स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस