
सागर परियार ।
कोभिड प्रभावित व्यापारीको उत्थान तथा कोभिडले थला परेको आर्थिक उकास्नका लागि राष्ट्यि बाणिज्य बैंक जुम्लाले व्यापारीक कर्जा लगानीमा प्रथामिकता दिएको छ । ऋण लगानीमा अन्य क्षेत्र भन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्रथामिकता दिएको पाइएको छ ।
राष्ट्यि बाणिज्य बैंक शाखा जुम्लाले चालु आवको हाल सम्म २ करोड बढी व्यापारीक कर्जा लगानी गरेको छ । जसमा जुम्ला शाखाबाट ८ जना कोभिड प्रभावित व्यापारीलाई १ करोड ३३ लाख व्यापारीक कर्जा सहुलियत ब्याजमा दिएको राष्ट्यि बाणिज्य बैंक जुम्लाका निमित्त प्रबन्धक हेमन्त न्यौपानेले बताउनुभयो ।
त्यस्तै बाणिज्य बैंकको प्रदेश शाखा सुर्खेतबाट जुम्लाका व्यापारीहरका लागि व्यापारीक तथा हायर(प्रचेच) शिर्षकबाट १ करोड व्यापारीक कर्जा स्वीकृत भएको छ ।
निमित्त प्रबन्धक न्यौपानेले भन्नुभयो,“हायर (प्रचेच) शिर्षकको कर्जा लगानीको स्वीकृत जुम्लाबाट नहुने भएकाले प्रदेशबाट भएको हो । तर प्रदेशबाट स्वीकृत भएको १ करोड व्यापारीक कर्जा जुम्लाका व्यापारीलाइनै लगानी भएको छ । सबै गरी राबब जुम्लाले हाल सम्म २ करोड बढी व्यापारिक कर्जा लगानी गरेको छौ ।” साथै, जुम्ला शाखाबाटैे ३ जना विपन्नलाई १२ लाख बराबरका विपन्न कर्जा दिइएको छ ।
राव बैंक जुम्लाका निमित्त प्रर्बन्धक न्यौपानेका अनुसार कर्जा लिनेमा होटल व्यवसायी,पर्यटन व्यवसायी,किराना पसल तथा कपडा पसलका व्यापारीहरु रहेका छन् । भने, कोभिडले करिब ९ महिना थला परेको व्यवसायलाई पुर्न लयमा फर्काउन र देशको थला परेको अर्थतन्त्रलाई उकास्न पनि व्यापारीक ऋणले सहयोग पुग्ने विश्वास छ ।
कोभिडका कारणले अधिकांश व्यवसाय क्षेत्र उठ्नै नसक्ने गरी थलिएकोले गर्दा पुन व्यवसाय संचालन गर्न,आर्थिक पुर्नस्थापना गर्न ऋणको विकल्प छैन् । त्यसैले पनि विगतको भन्दा यस वर्षविभिन्नऋण लिने व्यवसायी बढ्ने बैंक तथा वित्तिय संस्थाको अनुमान छ । विस्तारै व्यवसायीक क्षेत्रमा चहलपहल बढ्न थालेकोले ऋण लगानी बढ्न सक्ने अनुमान देखिन्छ ।
कर्णाली प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम कर्णालीका १० वटै जिल्लामा संचालन गरेको छ । सोहि अनुसार जुम्लामा पनि कृषि कर्जामा ब्याज अनुदान कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने बैंक निमित्त प्रबन्धक हेमन्त न्यौपानेको भनाई छ ।
यता उद्योग बाणिज्य संघका अध्यक्ष रज्जव अलि मनिहारले व्यवसायीक क्षेत्रमा सहुलियत ऋणको आबश्यकता रहेको बताउजउनुभयो । बैंकले दिने ऋण सहुलियत ब्याजमा सबै व्यापारीले पाएको खण्डमा ऋण लगानी ह्वात्तै बढ्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“कोभिडले गर्दा ९ महिना सम्म व्यवसाय बन्द हुँदा नत व्यापार भयो,नत सरकारले ब्याज मिनाह गर्यो । व्यवसायल पुन संचालन गर्न,व्यापारी संग ऋण लिनुको विकल्प छैन् । त्यसैले सबै बैंक तथा वित्तिय क्षेत्रले सहुलियत ऋण उपलब्ध गराउन हाम्रो माग छ । ”