‘कर्णालीकै तर कर्मनिष्ठ र विज्ञ व्यक्ति उपकुलपति हुनुपर्छ’

‘दुर्गमको भत्ता खाने र सुगममा बस्ने नभई,कर्णालीकै भएपनि विज्ञ तथा कर्मनिष्ट यक्ति उपकुलपति हुनु पर्छ ।’ विगतमा भएका गतिविधिलाई लिएर प्रतिसोध साद्ने, पूर्वाग्रािह तरिकाले बोल्ने लेख्ने भन्दा पनि विज्ञ व्यक्तिको खोजीका लागि नागरिकको साँझा आवाज बुलन्द हुनुपर्छ । 

सागर परियार ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रित्त उपकुलपति पदका लागि धेरैको आकर्षण देखिएको छ । उपकुलपति रित्त भएका देशका तीन प्रतिष्ठान मध्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरैको चासो देखिएको हो । कर्णालीमा सेवा भावले भन्दा करौडो रकम कुम्ल्याउने आशामा मात्रै आउने गर्छन् । तर अहिले कर्णालीकै व्यक्ति मध्य एकजना उपकुपति हुने देखिएको छ । तर को व्यक्ति उपकुलपति हुँदा कर्णालीले बढी लाभ लिन्छ,कर्णाली प्रतिष्ठानले नयाँ उचाई लिन्छ भन्ने कुरा बुझन् बाँकीनै छ ।

कुनै बेला सिटामोलको अभावले अकालमै ज्यान घुमाउने कर्णालीमा पश्चिम नेपालकै ठुलो स्वास्थ्य संस्था ३ सय शैयाको कर्णाली प्रतिष्ठान निर्माण भएपछि गाउँगाउँ गाउँमा विशषज्ञ सेवा विस्तार भएको छ । कर्णाली प्रतिष्ठानको स्थापना भएपछि स्वास्थ्य क्षेत्रमा भएको उल्लेखिय सुधारले कर्णालीका नागरिक  खुसी छन् । तर अहिले उपकुलपतिका लागि सिफारिस भएका मध्य कुन व्यक्तिको योगदान कति भन्ने कुरा पनि नागरिकले बुझेकै छन् ।

यदपी,प्रतिष्ठानलाई कर्मचारी भर्ति केन्द्र,छिटो छरितो सेवा प्रवाह नगरेको,पदाधिकारी सुगममा बसेर दुर्गमको भत्ता खाने,कर्णालीका दुरदराजका समस्याप्रति गम्भीर नहुने, केन्द्रीय कार्यालय जुम्लामै भएपनि काठमान्डौमेै बस्ने र प्रतिष्ठानलाई राजनीति अखडा बनाउने खेलमा प्रतिष्ठानका कुनै पदाधिकारी कम छैनन् । सबै पदाधिकारी माथि उल्लेखित प्रश्नका भागेदार छन् ।

त्यसैले माथि उल्लेखित समस्याको समधान गर्ने,कर्णालीको पिर मर्का बुझेको,दुर्गमेै बसेर नागरिकको सेवा गर्ने कर्णाली बुझेको उपकुलपति हुनु पर्ने नागरिक अगुवाको भनाई छ । हाल सिफारिस भएका मध्य कुन व्यक्ति कर्णालीका लागि योग्य व्यक्ति होला ? सरकारले कसलाई सिफारिस गर्ला हेर्न बाँकी छ । तर विज्ञ व्यत्तिः आउनु पर्छ सबै नागरिकको माग छ ।

त्यसैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपति राजनीतिक पुर्वाग्राहिले नभई कर्णालीका समस्या बुझेको, प्रतिष्ठान बुझेको,निरन्तर सेवा दिन सक्ने,कर्णालीकै छोरालाई उपकुलपति बनाउनु पर्ने नागरिक अगुवा राज बहादुर महत बताउँछन् । उनी भन्छन,“कर्णालीमा धेरैले चाहाना गरेका छन् । कर्णालीका समस्या,अबसर तथा सम्भावना चिनेको व्यत्तिनै उपकुलपति चाहिन्छ । जसले हिजोदेखि सेवा गरेको छ ।  सुगममा बसेर दुर्गमको भत्ता कुम्ल्याउने सपना देखेर कर्णाली आउनेलाई नागरिकले बहिस्कार गर्नुपर्छ ।”

राजनीतिक पूर्वाग्राहि हिसाबले उपकुलपतिको नियुक्ती हुनु हुदैन् । सिफारिस भएका तीनैजना मध्यपनि आन्तरिक मुल्यांकन,उनिहरुको कर्णाली प्रतिको सेवा,विगतको कार्यशैलीलाई मध्यनजर गर्दै अब्बल व्यक्ति उपकुलपतिमा आउनुपर्ने नागरिक अगुवाको भनाई छ ।

प्रतिष्ठानमा पहिला नियुक्त भएका व्यक्तिहरुले अपेक्षित काम गर्न सकेनन् । प्रतिष्ठानका सिनेटर तथा पूर्व राज्यमन्त्री बलबहादुर महत भन्छन,“प्रतिष्ठानलाई २÷४ वर्ष जागिर खाने र पैसा कमाउने उपकुलपतिको खाँचो छैन् ।

स्वास्थ्य क्षेत्रको दक्ष, कर्मठ र पवित्र मन भएको व्यक्ति आवश्यक छ । कर्णालीका भन्ने बित्तिकै सबै सक्षम छन् भन्ने हुदैन् सिफारिस मध्यका पनि उपयुक्त व्यक्ति आउनु पर्दछ ।” उनका अनुसार ‘सिनियर जुनियर को कुरा होइन उपकुलपति नियुक्तिका मापदण्ड छन् । तिनै मापदण्डमा रहेर सरकारले कर्णालीको हित हुनेगरी सक्षम व्यक्ति उपकुलपति नियुक्ति गर्नुपर्छ ।

प्रतिष्ठानको केन्द्रिय कार्यालय जुम्ला हो । विभिन्न बाहनामा काठमान्डौ सम्पर्क कार्यालय खोलेर अघिल्ला उपकुलपति राजेन्द्रराज वाग्लेले कार्यकाल बिताए । काठमान्डौको सम्पर्क कार्यालय खारेज गर्नुपर्ने माग समेत भएको थियो । तर हुन सकेन् । त्यसैले अबको कुलपति अन्य प्रतिष्ठानभन्दा कर्णालीलाई नयाँ उचाईमा लिने दुर्गममै बसेर सेवा गर्ने,स्वास्थ्य क्षेत्रको सुधारमा नविनतम सोच र योजना भएको व्यक्ति अबसर पाउनु पर्नेमा कर्णालीका नागरिकको जोड छ ।

अहिले कर्णालीका २ र एकजना बाहिरको गरी ३जनाको नाम सिफारिस भएको छ । ती मध्यपनि कर्णालीकै एक सक्षम व्यक्तिको आबश्यकता रहेको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै काम गरिरहेको कर्णालीकै छोराले उपकुलपति पाएमा अझै कर्णालीका विकासमा टेवा पुग्ने गैसस महासंघ जुम्लाका अध्यक्ष अम्मर रोकायाको विश्वास छ ।

पहिला सिनियर व्यक्ति नै प्रतिष्ठानमा उपकुलपति पदमा नियूक्त भएपनि ४ वर्ष कार्यकालमा ४ महिना पनि कार्यक्षेत्रमा बसेर काम गरेनन् । उनले भने, “करोडौँ पैसा कमाउने सपना बोकेर आउने तर प्रतिष्ठानको लक्ष्य अनुसार काम नगर्ने व्यक्ति भन्दा कर्णालीकै मान्छे हुनुपर्छ ।”

कर्णालीकै व्यक्तिबाट पनि कमाउधन्दा हुदैन भन्ने छैन् । तर अब सिफारिस हुने उपकुलपति विज्ञ तथा सक्षम व्यक्ति आउनु पर्छ ।  तर कर्णाली प्रतिष्ठानमै काम गरिरहेका हाल कार्यबाहक उपकुलपतिको जिम्मेवारी डा.मंगल रावलले कर्णाली प्रतिष्ठानको उचाई बढाउन विगत देखि नियमित आफ्नो विज्ञता अनुसार कर्ममा जुटेका छन् । साथै डा. पुजन रोकायाले पनि आफ्नो विषशज्ञता अनुसार कर्णालीमा वर्षौदेखि सेवा गर्दै आएकम छन् ।

कर्णालीका दुईजना व्यक्तिमध्य एकजना सक्षम व्यक्ति उपकुलपतिमा आउनु पर्छ । तर उनिहरु मध्यपनि राजनीतिक पूर्वाग्राहि नराख्ने,कर्णालीको स्वास्थ्य क्षेत्रको विकास गर्ने र कर्णालीमै सेवा गर्ने व्यक्ति सबैका लागि स्वीकार्य छ । अन्यथा पदको लोभमा परेर पछि विलासीता जीवन बिताउने जोसुकैलाई नागरिक अगुवाले बहिस्कार गर्ने छन् ।

कर्णालीको उपकुलपतिमा ३ जना सिफारिस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुपतिका लागि प्रधानमन्त्री समक्ष ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपतिका लागि तीनै प्रतिष्ठान मध्य सबैभन्दा बढी २१ व्टा निवेदन परेको थियो । जसमा १३ जना प्रारम्भीक सूचिमा परेका थिए । भने, सिफारिसका लागि १३ जनाबाट ३ जनाको नाम सिफारिस भएको छ । जसमा पहिलो नम्बरमै कार्यबाहक उपकुलपति डा.मंगल रावलको नाम छ । भने, डा.पुजन रोकाया र डा. रेशमबहादुर राना उपकुलपतिको सिफारिसमा परेका छन् ।

प्रारम्भीक सूचिको १३ जनामा कार्यवहाक उपकुलपति डा.मंगल रावल, निवर्तमान उपकुलपति डा.राजेन्द्रराज वाग्लेको नाम छ । यस्तै, डा.प्रवीणकुमार गिरी, डा.राजीव शाह, डा.पुजन कुमार रोकाया, डा.निरेश थापा, डा.तरुण पौडेल, डा. हरिहर देवकोटा, डा.गेहनाथ बराल, डा. सुनिल बुढाथोकी, डा.सुर्यमान मेन्याङबो, डा.रेशमबहादुर राना, डा.केशवप्रसाद (केपी)सिंह गरी १३ जना प्रारम्भीक सूचीमा परेका थिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस