काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले हिजो (बिहीबार) भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गर्नुभएको थियो । राजदुत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिनुभएको थियो ।
भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार