संक्रमित धामीलार्ई हेलिकोप्टरबाट जुम्ला ल्याईदैं

 


जुम्ला । कोरोना भाइरसबाट संक्रमित सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत जुम्ला ल्याउने भएका छन् ।

बिहिबार वेलुका देखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको स्वाश–प्रश्वाश ५० मा झरेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा लिन लागिएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

‘धामीको श्वाश–प्रश्वाशको अवस्था निकै संकटग्रस्थ छ’ धामीले भने, ‘जिल्ला अस्पतालको व्यवस्थाले संभव नहुने भएपछि हेलिकोप्टरमा अहले जुम्ला पठाउने तयारी भैरहेको छ ।’

हेलिकोप्टर बोलाउन सबै पत्राचार गरेको उल्लेख गरेका सिंहका अनुसार धामीलाई रानीवन आइसुलेसनबाट बिहिबार जिल्ला अस्पतालमा सारिएको थियो ।

कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा चिकित्सक र अक्सीजनको हिसाबले पनि सम्पन्न भएकाले धामीलाई जुम्ला ल्याउने भएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिकाका लागि एन्टिजेन किट र अन्य स्वास्थ्य सामाग्री लिन सिमकोट आएका धामीलाई मंगलबार गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस