सागर परियार ।
पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र भएको छ । शुरुवातीदेखिनै विद्यालय पुर्ण रुपमा बन्द छन् । जसका कारण लाखौ विद्यार्थीको पढाई प्रभावित भएको छ । यदपी विद्यालयहरुले चाहेको खण्डमा विद्यार्थीका हातहातमा पुस्तक पुराउने सकिने अबस्था छ । तर लाखौको पुस्तक गोदाममा महिनौदेखि थन्कीएपनि विद्यालयहरुले चासो नदिँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन् ।
दोस्रो लहरको कोरोनाले शिक्षा क्षेत्र लामो समयसम्म प्रभावित हुन सक्ने कुरालाई मध्यनजर गर्दै डिसिसिएमसीको बैठकले जुम्लाका सबै विद्यार्थीको हातहातमा पुस्तक पुराउने निर्णय गरेको ।
जुम्लाका करिब १ सय ७० वटा विद्यालयहरुले पुस्तक खरिद गरेर लिने र अनुकुलता अनुसार घरमै पुगेर पुस्तक वितरण र सो अध्यायनका लागि परामर्श दिने निर्णय भएको हो । निर्णय भएको हप्तादिन बितिसक्दा पनि पुस्तक लिन कुनै विद्यालय नआएको जीपि स्टेशनरी तथा सप्लार्यसका प्रमुख गणेश रोकाया बताउँछन् ।
उनले भने,“कोरोनाले पुस्तक विक्री नहोला भनेर कमै ल्याइयो । अबस्था साामान्य हुदै जाँदा पनि विद्यायहरु पुस्तक लिन आएनन् । विद्यालयहरुले चाहेमा विद्यार्थीका हातमै पुस्तक पुराउन सकिन्छ । फागुनमा किताब ल्याउँदा जुम्लाका ४०÷४५ विद्यालयले लिइसकेका छन् । अझै धेरै विद्यालय बाँकी छन् । बाँकी सबै विद्यालयले किताब लिएर विद्यार्थीकै हातमा किताब पुराउन भन्ने अपेक्षा हो ।”
डिसिसिएमसीको बैठकले जुम्लाका सबै विद्यार्थीका हातमा पुस्तक पुराउने निर्णय गरेपनि हाल सम्म निर्णय कार्यान्वयन नभएको पाईदैन् । कोरोनाले ग्रामिण क्षेत्रका विद्यार्थीहरुले पुस्तक किन्ने समेत समय नपाएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकमा जिल्लामा अव वालवालिकाका हातमै पुस्तक पुराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।
उनका अनुसार सरोकारवाला निकायहरुबाट गुनासो आएपछि अव निषेधाआज्ञा कम हुदै गईरहेको समयमा कम्तिमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुराउन आवश्यक देखिएको छ । त्यसका साथै नीजि तथा सरकारी विद्यालयको प्रशासनिक कामहरु संचालन गर्ने समेत निर्णय भएको छ । तर नीजि विद्यालयहरुले भने अतिरिक्त कक्षाहरु प्नि संचालन गरिरहेका छन् ।
कोरोना संक्रमणले विद्यालय जाने बाताबरण त भएन । तर घरमै पनि पुस्तक पुरयाउनुपर्ने सूझाव पछि कोभिड संकट व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको थियो । तर विद्यालयहरुले कार्यान्वयन भने गरेका छैनन् ।
विगतका वर्षमा फागुन महिनामै शक्षिक शत्र शुरु हुने र चैत महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुग्थ्यो । तर यस वर्ष साउन लागिसक्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन् । गोदामै थन्कीएका छन् । पाठ्यपुस्तकमा समेत लगानी गर्न व्यापारीहरुलाई मुस्किल परेको छ ।
जिपी स्टेशनरी एण्ड सप्लार्यले यस बर्ष रु २५ लाखका पुस्तक ल्याएर ४०÷४५ विद्यालयले लिएका छन् । तर सबै विद्यार्थीका हातमा पुग्न सकेको छैन् । डिसिसिएमसीको निर्णय अनुसार सबै विद्यालयले विद्यार्थीको हातमा पुस्तक चाडै पुराउनु पर्नेमा जीपि स्टेशनरीका प्रमुख गणेश रोकायाको जोड छ ।
एकातर्फ विद्यार्थीले पढ्न नपाउने अर्को तिर पुस्तक गोदाममा थन्कीने समस्याले आर्थिक संगै शैक्षिक क्षेत्र दोहोरो रुपमा असर परेको छ । उहाँका अनुसार कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन केही मात्रै वाँकी रहेका छन् ।
तर जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु छुटेकोमा चिन्ता छ । जीपि स्टेशनरीले जिल्ला भरी बर्षेनी १ करोड ५० लाखका पुस्तक ल्याउथ्यो । तर यसवर्ष कोरोनाले थोरै ल्याएको त्यहि पनि विद्यालय लिन आएका छैनन् । अझै कोरोनले विद्यालय कहिले खोल्ने टुंगो छैन् ।
तर घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक पुराउनु पर्नेमा मेरो जोड छ । यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको १८ लाखको पुस्तक विक्रि नभएर स्टक भएका बताएको छ । स्टेशनरीका प्रवन्धक सुमन खड्काका अनुसार २ लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएका छन् ।
जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीले जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिईसकेको हुदा अव विद्यालयले चाडै विद्यार्थीको हातमा पुस्तक पुराउनु पर्नेमा जोड दिए ।
उनका अनुसार केही विद्यालयले त किताब समेत किनेर लिईसकेका छन् । गाउँका विद्यार्थीहरु नत ईन्टरनेटको पहुँचमा छन् । नत पाठ्पुस्तक पाएका छन् । ग्रामिण क्षेत्रका विद्यार्थीहरुको भविष्य बिग्रीने निश्चित छ । गाउँमा ईन्टरनेट पुराउन सम्भव छैन् । तर पुस्तक हातहातमै पुराउने अबस्था रहेकाले स्थानीयतह यस विषयमा गम्भीर भएर विद्यार्थीको भविष्यका पनि पुस्तक पुराउन जागरुक हुन आबश्यक छ ।
त्यसैले ढिला नगरी जुम्लाका सबै विद्यालयहरुले पुस्तक लिएर विद्यार्थीको हातमा पुराउने व्यवस्थापन गर्न जरुरी छ । हाल जुम्लामा १ सय ७० विद्यालयका करिब ४० हजार विद्यार्थी रहेका छन् ।



