जुम्ला ।
नेपालगंज नर्सिङ्ग क्याम्पसमा अब बि.एस.सी नर्सिङ विषय पनि पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालय चिकित्शासास्त्र अध्ययन संस्थान अन्तरर्गतको नर्सिङ्ग क्याम्पस नेपालगंजले यस अघि विएनएस विषयको मात्र अध्यापन गराउदै आएकोमा शैक्षिक सत्र २०७७÷०७८ देखि बिएससी नर्सिङ पनि पढाई संचालन हुने भएको हो ।
त्रिभुवन विश्वविद्यालयको लुम्वीनि प्रदेश ,कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशको सेरोफेरोमा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्शासास्त्र अध्ययन संस्थानको एक मात्र आंगिक क्याम्पस नेपालगंज नर्सिङ्ग क्याम्पसमा विगतदेखि हाल सम्म स्नातक तह ब्याचुलर नर्सिङ साईन्स (बिएनएस) मा २५ जना छात्रा भर्ना भई नियमित रुपमा अध्ययन अध्यापन भईरहेको छ ।
चिकित्शा शिक्षा आयोग कार्यकारी समितिको मिति २०७८ साउन १७ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७७÷०७८ मा अध्ययन अध्यापन गराउनको लागि बि.एस.सी नर्सिङ तर्फ ३० जना र बि.एन एस तर्फ ३० जना विद्यार्थीहरुका लागि सुट निर्धारण गरेको क्याम्पस प्रमुख तुलसा सुनारले जानकारी दिइन् ।
उनका अनुसार बिएससी नर्सिङमा ३० र बिएन एस ३० गरी ६० सिट निर्धारण गरेकोले कर्णाली सुदुरपश्चि तथा लुम्बीनि प्रदेशका विद्यार्थी अब सस्तोमा पढ्न पाउने छन् । त्रि.वि.को यस क्षेत्रको एकमात्र आंगिक नर्सिङ्ग क्याम्पसमा थप कार्यक्रम स्वीकृत भएपश्चात यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा सेवा टेवा पुग्ने क्याम्पस प्रमुख सुनारको आशा छ ।