पहिरोमा पुरिएर ताम्तीका ३ जनाको मृत्यु,एकिन विवरण आउन बाँकी

जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । सेतक चिनी (खिरौला) कोरेर पाटनबाट घर फर्किने क्रममा आएको बाढीले पुरेर तीनजनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए । उनका अनुसार पाटनबाट फर्किदै गरेका एक महिला सहित दुई पुरुषको मृत्यु भएको प्रारम्भीक जानकारी आएको छ । यदपी सबै विवरण भने आउन बाँकी छ ।

यता तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पहिरोले पुरेर ३ जनाको मृत्युु भएको खबर सत्य भएको तर एकिन विवरण आउन बाँकी रहेको बताए । उकना अनुसार ७ नम्बरका वडाध्यक्षको नेतृत्वमा टोली घटनास्थल तर्फ गएको छ ।

भौगोलिक हिसाबले घटनास्थल विकट भएकाले फोन सम्पर्क पनि हुन सकेको छैन् । घटना स्थल तिर वडाध्यक्षको टोली गइरहेको उनले बताए । मृत्तकहरुको नाम ठेगाना केहि पनि खुलेको छैन् । उनले वडाध्यक्ष सहितको टोली घटनास्थल पुगेपछि मात्र विस्तृत जानकारी आउने बताए ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस