जुम्ला ः जुम्लाको मुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ झारज्वाला नजिक भालुले आक्रमण गर्दा एक जनाएको मृत्यु भएको छ । सोही गाउँपालिका ३ दामदासे गाउँका बृद्ध हिमा तामाङलाई भालुले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको हो ।
आफ्नो घर तर्फ जाने क्रममा बाटोमै भालुले आक्रमण गरी मृत्यु भएको गुठीचौर प्रहरी चौकीका इन्चार्ज कमल श्रेष्ठले बताए । उनले भने मृतकको ढाड र गर्धनमा भालुले खाएको छ ।
भालु अहिले अनियन्त्रित अवस्थामा छ । अध्यक्ष हरिबहादुर भण्डारीले भने प्रहरी प्रशासन, वन कार्यालय समन्वयमा आक्रमक भालुलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
यस्तै साउन महिनाको अन्तिम साता सदरमुकाम खलंगामा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका थिए । भालुले आक्रमण गर्दा दैलेख जिल्ला घरभई जुम्ला सदरमुकाम खलंगामा बस्दै आएका हिमराज रोकाया र निर्मला रोकाया घाइते बनाएको थियो ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भएको थियो । मान्छेलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको थियो ।