सागर परियार जुम्ला ।
प्रेस सेन्टर जुम्लाको अध्यक्षमा पत्रकार धन बहादुर बुढा (डिबी) चयन भएका छन् । सेन्टरको चौथो जिल्ला अधिबेशन बाट पत्रकार बुढा अध्यक्षमा र्निविरोध चयन भएका हुन् ।
लामो समयदेखि क्रियासिल रुपमा जुम्लामा पत्रकारिता गर्दै आएका नागरिक दैनिककका जुम्ला संबाददाता तथा खसपत्रका अध्यक्ष समेत रहेका डिबी बुढाले संगठन हाक्ने जिम्मेवारी पाएका् छन् । क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका बुढाले संगठनलाई विधि विधान र पद्धती अनुरुप गतीशिल रुपमा अघि बढाउने समेत आशा गरिएको छ ।
साथै चौथो जिल्ला अधिबेशनबाट उपाध्यक्षमा रेडियो सिंजाका संचारकर्मी,उमेश बुढा,महिला उपाध्यक्षमा रेडियो गुठिचौरकी संचारकर्मी अनिता बुढा र सचिवमा रेडियो गुठिचौरकै स्टेशन म्यानेजर गोल्डेन बुढा चयन भएका छन् ।
भने,समाबेशी सह–सचिवमा रेडियो गुठिचौरका संचारकर्मी रामप्रकाश विक र कोषाध्यक्षमा फोटो पत्रकार अमृत बुढाथोकी मगर चयन भएको प्रेस सेन्टर जुम्लाका निवर्तमान अध्यक्ष उपेन्द्र न्यौपानेले बताए । उनका अनुसार सदस्यमा कल्पना रावत,सुमन खत्री,यूनेश परियार,विजकली महतारा,स्यानु भट्टराई, बिस्न शाही,वलसिंह रोकाया र पदम शाही गरी डिबी बुढाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
त्यस्तै,निवर्तमान अध्यक्ष उपेन्द्र न्यौपाने,डिल्ली तिवारी र तिर्थ नेपाल राष्ट्यि महाधिबेशन प्रतिनिधि चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले जुम्ली पत्रकारितामा नयाँ आयाम थप्ने समेत आशा गरिएको छ । सत्य निस्पक्षतालाई आत्म साथ गर्दै सधै न्यायका पक्षमा कलम चलाउने तर्फ सेन्टरले सधै पत्रकारहरुलाई अभिप्ररित गर्ने नवनिर्वाचित अध्यक्ष धन बहादुर बुढाको भनाई छ ।