लैंङ्गिक हिंसा र बाल बिवाह न्युनिकरणमा सामुहिक एकता आबश्यक

सागर परियार जुम्ला ।


जुम्ला सदरमुकाम खलंगामा लैंकिङ्गतामा आधारित हिंसा र बाल बिवाह न्युनिकरण सम्बन्धी दुई दिने मंगलबारदेखि तालिम शुरु भएको छ । ग्रामिण महिला,दलित संजाल,पत्रकार तथा अन्य सरोकारलाइ लिंगका आधारमा हुने हिंसा र बाल विबाह न्युनिकरण सम्बन्धी दुईदिने तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागी ग्रामिण महिलाहरुले लैंकिङ्घतामा आधारित हिंसा र बाल बिवाह न्युनिकरणका लागि सामुहिक एकता आबश्यक रहेको बताएका छन् । तालिममा प्रशिक्षक तथा अधिबक्ता बिन्द्रा महर्जनले लैंकिङ्घतामा आधारित हिंसा र बाल बिवाह न्युनिकरणका बारेमा प्रशिक्षण गराएकी थिईन् ।

उनले हिंसाका प्रकार,न्युनिकरणमा सरोकारवालाको भुमिकाका विषयमा प्रष्ट पारेकी थिइन् । प्रस्तुतीपछि हिंसा तथा बाल बिवाह न्युनिकरण एक्लैले सम्भव नभएको सहभागी महिलाको प्रतिक्रिया थियो । हिमा २ की बिनासा रोकायाले गाउँमा अहिले पनि बालबिवाह भइरहेको तर सामुहिक एकता नभएकै कारण उजुरी गर्न तथा रोक्न सम्भव नभएको बताईन् ।

तालिमको उद्घाटनमा आत्म सम्मानका लागि सहकार्य क्याड जुम्लाका परियोजना संयोजक सोमराज जीसिले सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिका २०१८ देखि लैगिक समानता,बाल विबाह न्युनिकरण,क्षमता अभिबृद्धि, विपन्न बालबालिकालाई राहत लगायत ५ वटा क्षेत्रमा काम गर्दै आएको बताए ।

यता क्याडकी परियोजना अधिकृत जयलक्ष्मी चौलागाँईले जुम्लामा समयको विकास संगै बढ्दो बाल बिवाह र लैगिकतामा आधारित हिंसाको अन्त्यका लागि विगतका वर्षदेखि सचेतनाका कार्यक्रम गर्दै आएको बताईन् । हाल शुरु भएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा सरोकारवाला बीच तालिम संचालन गरिएको उनको भनाई छ ।

तालिम पश्चात समुदायमा व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा प्रशिक्षक बिन्द्रा महर्जनको जोड छ । उनका अनुसार गाउँमा गठित विभिन्न संजालहरु सक्रिय भएर हिंसा र बालविवाह सामुहिक एकताका साथ न्युनिकरण तर्फ नुट्न समेत सुझाब दिइन् ।

 

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस