सागर परियार जुम्ला ।
जुम्लाको बत्ती सुधारका लागि जुम्ली सांसद कार्मा महतको अगुवाईमा पृथक खालको आन्दोलन गरिएको छ । सदियौदेखि बिजुलीको समस्या बोग्दै आएका कर्णालीबासीले अझ कहिले ढुक्कले बत्ती बाल्ने हुन पत्तो छैन् ।
सांसद महतले भने,“जुम्लामा ११ केभी लाइन त पुग्यो । न बत्ती नियमित आउछ । न बत्ती आएपनि मोबाइल चार्ज गर्ने पावर पुग्छ । कर्णालीमा विद्युतको समस्या हल गर्न हाउसमा विगतदेखि पनि आवाज उठाए । तर सरकारले पनि सुनेन । प्राविधिकरणले त झन वास्तै गरेन् । कर्णालीका बत्ती सडकका समस्या समधानमा बहिराको जस्तै व्यवहार गर्ने कुम्भकर्ण प्राधिकरणलाई पञ्चेबाजालेनै ब्युजाउने कोसिस गरेका हौ ।”
मंगलबार काठमान्डौका मुख्य सडकहरु र प्राधिकरणमा सांसद महतको अगुवाईमा जुम्लाबाट गएको पञ्चेबाजा टोलीले प्राधिकरणका कार्यकारी निर्देशक कुमाल घिसिङको ध्यानकर्षण गराइएको छ । प्रर्दशनले कर्णालीबासीले भोग्नुपरेको बिजुली समस्या समाधान हुने अपेक्षा गरिएको छ । साथै सिघिङलाइए ज्ञापन पत्र बुझाइएको छ । त्यसका साथै बुधबार आज सडक विभाग पाटन ढोकाअघि पंञ्चेबाजा प्रदर्शन हुनेछ र मागपत्र पेश गरिने छ । जसमा सुर्खेत जुम्ला कर्णाली राजमार्गका साथै नाग्म, सिँजा हुदै गमगढी जाने सडकको स्तरोन्नतीका लागि यथासिघ्र थालनी गर्न माग गरिएको छ । कर्णालीका जन्ताका समस्याको सुनुवाइ नगरे पछि काठमाण्डौको शान्ति बाटिका देखी नेपाल विधुत प्राधिकरणको कार्यालयमा मंगलबार जुम्लाबासीले फरक प्रकृतिको आन्दोलन गरेका छन । जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क छेउमा जुम्लाका पंञ्चेबाजाका नगरा सुनाएका छन ।
जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगे पनि सदरमुकाम खलङ्गा बजारका आसपासका गाउँमा मात्र पुगेको छ । अझै यहाँका धेरै गाउँबस्तीमा सहजै विद्युतको प्रसारण लाइन पुग्ने सकेको छैन । देशका राजनीति दलका नेता परिवर्तन भए तर कर्णाली राजमार्गको स्तरोन्नती नभएपछि सासंद महतले । जुम्लाका केही केही यूवाहरुको साथमा प्लेकार्ड तयार गरी पंञ्चेबाजा बजाउने कार्याक्रम गरेका हुन ।
यी सबै समस्या बोकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले सरकारसामु दबाबमूलक कार्यक्रम गरेका छन । साविकको कर्णालीबाट हरेक सवालमा राज्य बेखबर भएको भन्दै देशको संघीय सांसदमा उनी निरन्तर कडारुपमा खबरदारी गर्दै आएका छन । आक्रोश पोखेर जनताको आवाज बोलिरहने सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाडौं पुगेका हुन ् ।
सांसद महतले भने,“हिन्दु परम्परा अनुसार हाम्रा तिर कुनै समस्या समधानप्रति नजरअन्दाज गर्नेलाई बाजा बजाएर ब्याग्यात्मक ध्यानकर्षण गराइन्छ । त्यस्तै जुम्लाको बत्ती सुधारमा कुम्भकर्ण जस्तै व्यवहार देखाएको प्राधिकरणलाई पञ्चेबाजाले ब्युजाउने कोसिस गरेका छौ ।”
प्रर्दशनमा काठमान्डौमा बस्ने जुम्ली विद्यार्थी,कर्मचारी,राजनीतिकर्मी, तथा आम सर्वधारणको उपस्थिती रहेको थियो । घरघरमा बिजुलीको लाइन विस्तार गर्न, बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मर यथासिघ्र व्यवस्थापन गर्न माग गरे ।
साथै बुधबार सडक विभागमा पनि पञ्चेबाजा प्रर्दशन गरिने भएको छ । २०६२ सालदेख िसञ्चालनमा आएको कर्णाली राजमार्ग र नाग्मगमगडी सडकको सुधारमा गैरजिम्मेवार सडक विभागको ध्यानकर्षण गराईने भएको हो ।
करिब एक घण्टा सम्म ज्ञापन पत्र बुझन नआएका घिसिङलाई सांसद महतले राम्ररी झपारेपछि बल्ल ज्ञापन पत्र बुझेका थिए । र एक घण्टा सम्म तल नआएपछि ज्ञापन पत्र टासेर गेट सांसद महत वाहिरिनु बहिएका थिए । नेपाल विधुत प्राधिकरण गेटमा ज्ञापन पत्र टासेर सांसद महत वाहिरिनु बहिरियपछि निर्देशक घिसिङले विधुत नियमितका लागि पहल गर्ने, भन्दै महतलाई फर्काउन आएका थिए । घिसिङले बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मरमिटरका लागि तत्काल ठेक्का गर्ने बताएका थिए ।
यस्ता छन प्राधिकरणलाई दिएको ज्ञापन पत्रका माग
१. जिल्लाका सम्पूर्ण बस्तीहरुमा यथासिघ् विधुत प्रसारण लाईनको बिस्तार गरियोस ।
२. विधुत प्रसारण लाईन पुगेका क्षेत्रमा चाडो भन्दा चाडो आवश्यक सामग्री उपलब्ध गराईयो
३. जिल्ला भित्र अनवरत रुपमा जल प्रवाह भईरहेका नदि तथा खोलाहरुमा खेर गईरहेको जल उर्जा प्रयोमा ल्याउनका लागि नयाँ सम्भावित आयोजना क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, जिल्ला भित्रका भित्र सम्भाब्यता अध्ययन भएका आयोजनाको बृस्तृत परियोजना प्रातिवेदन तयार गर्ने, बृस्तृत परियोजना तयार भएका योजनाको यथासिघ्र निमार्ण कार्य गरियोस ।
४. ३३ केभी प्रसारण लाईन विस्तार निर्माण कार्यमा भएको ढिलाईको अन्तय गरी सिघ्र कार्य सम्पादन गरियोस ।
५. ११ केभी लाईनमा भएको भोल्टेज उतार चढाव समस्या सामाधान गरियोस ।
६. जुम्लामा भएको विधुत प्राधिकरणलाई कार्यालयलाई स्रोत साधन बनाई व्यवस्थि गरियोस ।