जुम्ला ः सिंजा र हिमा गाउँपालिकाले स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधि २०७८ आगामी गाउँ सभाबाट पारत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्याड नेपाल, जुम्लाको आयोजना हिमा र सिजा गाउँपालिकाको समन्वय तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा छुट्टाछुट्टै ठाउँमा भएको दुई दिने स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधि २०७८ कार्यशालामा सहभागी जनप्रतिनिधिले प्रतिबद्धता जनाएका हुन् ।
सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्रीले सिंजा गाउँपालिकाले युवामैत्री गाउँपालिकाको निर्माण गर्ने र युवाको हक अधिकारका लागि स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधि २०७८ को आधारमा काम गर्ने बताइन् । उनले युवाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले तत्काल नै युवाको कार्यविधि बनाएर काम गर्ने बताए । सो कार्यशाला कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख बालअधिकार समितिका पदाधिकारी र युवा संजालका सदस्यहरूको सहभागी रहेको थियो ।
स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधि २०७८ को सहजीकरण नेपाल युवा परिषद, लुम्बिनी प्रदेश संयोजक सोम गुरुङ्गले गरेका थिए । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सन्चालित नेतृत्व र निर्णय परियोजना अन्तर्गत कार्यशाला सन्चालन गरिएको परियोजना अधिकृत नर्बजङ्ग रोकायले बताए ।
युवा सहभागिता कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता
प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस