कनकासुन्दरीका जनप्रतिनिधि ७ दिने अवलोकन भ्रममणमा

उमेश बुढा सिँजा ।


कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी गाउँपालिका सुनसान बनाएर ७ दिने भ्रमणमा गएका छ । कार्यपालिका सदस्य र विभागिय शाखाबाट १÷१ जना गरि २० जना बढीको टोली ७ दिनका लागि पुर्वमा अवलोनक भ्रमणमा गएको हो ।

पुर्वमा रहेका पालिकाले गरेका राम्रा कामका अनुभव आदान प्रदान गर्ने, नमुना पालिकाले स्वास्थ्य ,शिक्षा ,कृषि ,पशु, तथा कानुन निर्माण, आन्तरिक आय बृद्धिका क्षेत्रमा गरेका उदाहरणयि कामहरुको अनुसरण गर्ने लक्ष्यले भ्रमण अवलोकनमा गएको कनकासुन्दरी गाँउपालिकाका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् ।
उनका अनुसार अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा १० लाख रुपैयाँ भ्रमणको लागि छुट्याइएको थियो । तर कोरोना महामारीका कारण गत वर्ष पुर्वनिर्धातिर भ्रमण स्थगीत भएको थियो ।

तर यसपाली भने १० लाख रुपैया बोकेर कनकासुन्दरीका कर्मचारी जनप्रतिनिधि ७ दिनका लागिरेर पुर्वमा अवलोकन भ्रमण गएका हुन् ।
सात दिनका लागि गाउँपालिकाको कार्यबाहक अध्यक्षको जिम्मेवारी २ नम्बर वडाध्यक्ष शेर बहादुर रावतलाइ दिइएको पालिका अध्यक्ष नरविर रावतले बताए । यदपी यता २ नम्बर वडाध्यक्ष शेर बहादुर रावतले आफु आफ्नै वडाको काममा बेस्थ रहेको काब नदिनु भन्दा भन्दै नसोधी काब दिएको बताए । हाल प्रमुख प्रशासकिय अधिकृत पनि सरुवा भइ गएकोले नयाँ हाकिम आएका छैनन् ।

कार्यकाल सकिने बेला भ्रमणमा गएर गाउँठाउँको विकास निर्माण गर्छु भन्नुको औचित्य नरहेको नागरिक अगुवाको भनाई छ । कार्यवधि सकिन करिब ३÷४ महिना मात्रै बाँकी रहँदा भ्रमणमा जानु, नयाँ कुरा सिकेर गाउँको विकास गर्ने नाममा बजेट मात्रै स्वाह बनाउने मेसो हो । हाल सम्म कुनै पनि स्थानीयतका जनप्रतिनिधिले भ्रमणमा गएर आफ्नो गाउँठाउँमा सुधार ल्याएको जुम्लामा उदाहरण छैनन् । भ्रमण अवलोकन औपचारिकतामा सिमित र राज्य कोषको दोहन मात्रै हुने गरेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

भ्रमण जानु नराम्रो कुरा पनि हैन् । तर अहिले सम्मका भ्रमण अवलोकनले हाम्रो गाउँठाउँको सुधारमा कुनै काम नभएकोले यस्ता बजेट मात्रै सकाउने प्रबृत्तिले हुने भ्रमण रोकिनु पर्ने अध्यक्ष महतको भनाई छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस