जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – ३ का वडाध्यक्ष सर्वजित भण्डारीले उद्यमीलाई सीप सिकेर वैदेसिक भन्दा स्वदेशमै स्वरोजगार बन्न अर्ति (सुझाव) दिएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका, वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैचा व्यवस्थापन तथा विरुवा काटछाट सीप मुलक तालिमको समापनमा वडाध्यक्ष भण्डारीले यस्तो अर्ति दिएका हुन् ।
पछिल्लो समयमा जुम्ली र स्याउ एक पर्याबाची शव्द जस्तो भएको छ । वडाध्यक्ष भण्डारीले भने जुम्लीको आयआर्जनको मुख्य आयस्रोत स्याउ हो । यसै स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् । स्याउका विरुवा नभएका अहिले कुनै घर नभएको वडाध्यक्ष भण्डारीले बताए ।
सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले उक्त सीपमुलक तालिमको सहजीकरण गरेका थिए । उनले भने तालिममा सहभागी सवैका घरमा २ सयदेखि २ सय ५० विरुवा छन् । यिनी सवै स्याउ उद्यमी हुन् । अहिले नेपालमा पनि स्याउ बगैचा व्यवस्थापन गर्ने नयाँ नयाँ प्रविधि भित्रिएकाले यहाँका स्याउ कृषकलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक रहेको उनले बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले कृषकका माग अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने गरिएको बताए । उनले भने उद्यमी बनाउनका लागि सीपमुलक तालिमसहित आवश्यक औजार पनि प्रदान गर्ने गर्ने गरिएको छ । सीप सिकाएर स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रम उद्देश्य रहेको प्रमुख देवकोटाले बताए ।
तालिममा सहभागी कृषक उद्यमी गजत नेपालीका अनुसार यो तालिममा हामी १५ जना सहभागी थियौँ । हामी सवैका २ सयदेखि २ सय ५० सम्म स्याउँका विरुवा छन् । उनले भने हामीले सीप सिकेर आप्mना स्याउँका विरुवा काटछाट तथा बगैचा व्यवस्थापन गर्नुका साथै अरुका पनि विरुवा काटछाट गरी आयआर्जन गर्न सक्ने भएका छौँ । १५ जना उद्यमीलाई एक÷एक आरी र सिकेचर वितरण गरिएको छ ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।
गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगँैचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’
उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ । स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए ।
जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।
उद्यमीलाई वडाध्यक्षको अर्ति ः सीप सिकेर स्वदेशमै स्वरोजगार बन्नु
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस