एक लाख नगद सहित उद्यमी ‘कुन्जाङ तामाङ’सम्मानित

जुम्ला । उत्कृष्ट उधमीका रुपमा चन्दननाथ नगरपालिका २ निवासी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान गर्ने कर्णाली प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्धारा तामाङलाई सम्मान गरिएको हो ।
सोमबार जुम्लामा एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्किले उत्कृष्ट उद्यमी तामाङलाई,प्रशंसा पत्र हस्तान्तरण सहित दोसल्ला ओड्याएर सम्मान गरेका हुन् ।

उद्यमीलाई प्रोत्साहन गर्न,उद्यमशीलताको विकास गर्न तथा प्रदेश स्तरका नमुना उद्यमीका रुपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी छनोट गरी सम्मान कार्यक्रम गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षणका कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार नगद पुरस्कारको एक लाख मध्य २५ प्रतिशत कर कट्टी गरेर बाँकी ७५ हजार रकम उद्यमी तामाङको खातामा जम्मा भइसकेको छ । पुरस्कारका लागि दरखास्त आह्वान गर्दा जिल्लाभरका ६ जना नमुना उद्यमीको आवेदन परेपनि स्थलगत अनुगमन गर्दा कुन्जाङ झोला तथा राडीपाखी उद्योगले सबै मापदण्ड पुरा गरेको भेटिएपछि उत्कृष्ट उद्यमीका रुपमा कुन्जाङ पुटिङ तामाङलाई छनोट गरी सम्मानित गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले वास्तविक उद्यमीलाई गरेको सम्मानले भर्खर उद्यमशीलतामा अग्रसर भएका उद्यमीहरुलाई थप हौसल प्रदान गर्ने बताउनुभयो । अनुदान लिन मात्रै उद्योग दर्ता गर्ने प्रबृत्तिले बास्तविक उद्योगी ओझेलमा परे पनि उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमले विचौलिया पहिचान गर्ने अबसर जुटेको समेत उल्लेख गर्नुभयो ।

२०६४ सालबाट उद्योग दर्ता गरी उद्यमशीलतामा अग्रसर भएको झण्डै डेढ दशक पछि पहिलो पटक सरकारबाट उत्कृष्ट उद्यमीको सम्मान पाउँदा खुसी लागेको उद्यमी कुन्जाङ पुटिङ तामाङले बताउनुभयो । उहाँले भन्नुभयो,“सहुलियत कर्जा देखि सम्मान कहिले वास्तविक उद्यमी किसानले पाउने परिपाटी छैन् । पहिलो पटक सम्मान पाउँदा खुसी छु । उद्यमशीलता बढाउन रोजगारी बढाउनका लागि उद्यमी तथा किसानलाई सरकारले थप प्रोत्साहनको व्यवस्था गर्नुुपर्छ ।

आफ्नो राडीपाखी उद्योगमा झण्डै १२ जना महिलालाई रोजगारी दिएको भन्दै कोरोना कारण कच्चा पर्दाथ चिनबाट आयात रोकिएपछि उद्योग बन्द रहेको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो,“नेपालमा कच्चा पर्दाथ छन् । भारत र चिनबाट ल्याउनु पर्छ । हामी साना उद्योगीको लगानी भन्सारमै सामान ल्याउँदा जान्छ । सहज रुपमा कच्चा पर्दाथ ल्याउन पनि सरकारले सहजीकरण गर्नुका साथै सम्मान प्रोत्सानहनमा जोड दिन आबश्यक छ ।”

उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले जुम्लामा उद्यमी सम्मानको कार्यक्रम थालनी भएकोमा खुसी व्यक्त गर्नुभयो । जुम्लामा झण्डै ४ हजारबढी उद्यमी भएपनि सम्मान प्रोत्साहन कतैबाट छैन् । तर पहिलो पटक नगद १ लाख सहित सम्मान गरेपछि उद्यमशिलाता विकासमा नयाँ आयाम थपेको उहाँको भनाई छ ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस