जुम्लाकी क्रियाशील महिला पत्रकार शाही सम्मानित

जुम्ला । जुम्लाकी क्रियाशिल पत्रकार दिलमाया शाही सम्मानित भएकि छन् ।११२ औँ अन्तराष्टि्य महिला दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले पत्रकार शाही सम्मानित गरेकाे हाे

दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले महिला वालवालिका क्षेत्रमा अनवरत कलम चलाएकाे भन्दै सम्मानित गरेको हो ।
शाहीलाई जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले औपचारिक कार्यक्रममा संयूक्त रुपमा दाेसल्ला ओडाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएकाे नगरपालिकाले जनाएकाे छ

नगरपालिकाले पत्रकारलाई समेत सम्मान गर्ने कामको थालनी गरेकाेमा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले धन्यवाद ज्ञापन गरेका छन् । उनले पत्रकारलाई सम्मान कार्यक्रम स्थानीय सरकारको सृजनात्मक र प्रोत्साहन दिने कार्यक्रम रहेको बताए ।

पत्रकार दिलमाया शाही जुम्ला तिला गाउँपालिका ३ निवासी स्थायी बासिन्दा हुन । शाहीले रेडियो नारी आवाज हुदै थाहाँ खबर, न्यूज कारखाना र महिला जागरण अनलाईन संचालक समेत हुन । भनेपत्रकार शाही हाल पत्रकार महासंघ जुम्लाकाे उपाध्यक्ष पदमा कार्यरत छन् ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस