सिँजा । जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ८ निवासी गोरक भट्ट भण्डारीवाडामा व्यक्तिगत १२ लाखको लगानी गरेर गाउँमै कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन् । गाउँमै उद्यमशीलता गर्ने लक्ष्यका साथ कुखुरा बस्ने घर,घेरबार र चल्ला खरिद लगायतको व्यवस्थापनमा १२ लाख लगानी गरेर कुखुरा पालन शुरु गरेका हुन् ।
व्यवसाय गरेको दुई वर्ष बितेको र हाल सम्म लगानी अनुसारको आम्दानी भईरहेको उनको भनाई छ ।
कुखुराका चल्ला संगै अण्डा पनि विक्री गर्ने गरेको उनले बताए । तर उत्पादीत सबै चल्ला तथा अण्डा बजारमा विक्री गर्न मुस्किल भएको छ । व्यवसाय गरेर पनि राम्रो बजार नभएकोले भट्ट चिन्तीत छन् । गएको फागुन २८ गते फर्मबाट ३३ वटठा भाल् समेत चोरी भएर घाटा लागे पनि व्यवसायलाई निरन्रता दिएको उल्लेख गरे ।
उत्पादन भएको अण्डा,चल्ला खपत नहुने र चोरि हुने भए पश्चात वडामा निवेदन ३० हजार दियको भट्टले बताए । कुखुरा पालन व्यवस्थित बनाउनको लागि एक जना भेटेनरि पढेको हुनु पर्ने,कुखुराको दानापानी बारे ज्ञान भएको हुनुपर्नेमा जोड दिए ।
दुई विगा जमिनमा घेरबार गरेर कुखुराको लागि घर बनाइएको छ । कुखुराको अण्डा फाटफुटमा एक दानाको २० , र होलसेलमा १५ मा बेच्ने गरेको र भाले दुई हजार देखि तीन हजार सम्म बेच्ने गरिएको छ । पोथि कुखुरा ८०० सय देखिल१५०० सय सम्म गरेर बेच्ने गरेका छन ।
हाल फर्ममा झण्डै ४ सय २० वटा कुखुरा रहेका छन् । आफ्नै लगानीले गाउँमै केही उद्यमशीलता गरेमा पक्कै पनि आम्दानी संगै रोजगारी सृजना हुने भट्टले गतीलो सन्देश दिएका छन् ।