
जुम्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले केन्द्रीय निर्णय र निर्देशन अनुसार तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेलका लागि केन्द्रीय निर्णय र निर्देशनमा मान्ने भएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको नेकपा एस पार्टीका जिल्ला अध्यक्ष तिर्थ बुढाले जानकारी दिए ।
अलोकतान्त्रिक शासनशैलीबाट उपत्पन्न भैराखेको जटिल अवस्थालाई केन्द्रीय गठवन्धन दलको एकताले सुशासन सुरुवात गरेको, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि गठवन्धन आजको थप आवश्यकता हो प्रेस विज्ञप्तीमा भनिएको छ ।
केन्द्रको निर्देशन अनुसार जुम्ला जिल्लामा पनि पालिका र वडा तहसम्म तीन दल बी गठवन्धान गरेर जाने जिल्लास्थित हाम्रा मातहतका कार्यसमिति, सम्पूर्ण नेता, कार्यकर्ता र मतदाताको जानकारीका लागि प्रेस विज्ञप्ती जारी गरिएको जनाएको छ ।
नेपाली काँग्रेस पार्टीका पार्टी सचिव अर्जुनसिंह कठायतले अझै पनि चरणबद्ध छलफलका कार्य बाँकी रहेको बताए । उनले भने अहिले पनि गाउँपालिका र वडा तहमा उम्मेदवार टुंगो लाग्न सकेको छैन । अझै थप छलफल र बहस गर्न आवश्क छ ।
जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले जुम्लाको गठवन्धनमा जनता समाजबादी पार्टीलाई बेवास्था गरेको बताए । उनले भने केन्द्रमा जसपा चाहिने जिल्लामा नचाहिने भन्ने हुदैन । जिल्लामा पनि हाम्रा पार्टीका संरचना छन् । उनले जसपालाई इन्कार गर्नुको कारण के हो ? बलमिचाई र घमण्ड के हो । कि केन्द्रीय गठवन्धनको सर्कुलरको अभाव हो ।




