मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित भएका थिए ।
‘मैले २०६४, २०७०, २०७४ मा पाउनुपर्ने, तीनवटा चुनावमा त मलाई बाहिर राखिसक्यो नि पार्टीले,’ उनले भने, ‘तीन चुनावसम्म हामीले हेर्यौं, सघायौं, मद्दत गर्यौं, अरुलाई जिताऔं अथवा जिताउनलाई कोसिस गर्यौं । अब हामीले पाउनुपर्यो र अधिकारपूर्वक यो मागेको हो ।’
उनले सामाजिक सन्जालमा पनि ‘आगामी चुनाव लड्ने घोषणा गरियो, आगे जनताको इच्छा’ लेखेका छन् । पार्टीले टिकट नदिए के गर्नु हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘फेरि नदेला कि, अन्याय होला कि भन्ने म कल्पना गर्दिनँ ।’
उनले कांग्रेस नेता आचार्यलाई समानुपातिक कोटामा रहन सुझावसमेत दिए । घिमिरेले भने, ‘उहाँ (महेश आचार्य)ले समानुपातिकतिर जाँदा राम्रो हुन्छ । चारपटक लड्नुभयो, एकपटक राष्ट्रिय सभामा जानुभयो, ६ पटक मन्त्री हुनुभयो । एउटा व्यक्तिले प्राप्त गर्ने अवसर कति हो ? हाम्रो उमेरमा त तीनपटक मन्त्री भएर लगभग दुईचोटी चुनाव लडिसक्नु भाथ्यो ।’
गुरुराज घिमिरे शेखर कोइराला पक्षका नेता मानिन्छन् । उनी प्रदेश १ को कांग्रेस सभापतिमा उद्धव थापासँग २ मत अन्तरले पराजित भएका थिए ।




