स्वयम महिला र किशोरीहरुकै छुईप्रथा न्युनिकरणमा समस्या थियो । कनकासुन्दरी गाउँपालिका ४ का स्थानीय सिंहराज सार्की भन्छन,“अहिले गाउँमा निगरानी समिति सक्रिय भएर छुईगोठ मुक्त गाउँ अभियान थालिएको छ । क्याड नेपालले पनि पटक पटक तालिम दिएकै कारण नागरिक सचेत भएका छन् । निगरानी समिति थप सक्रिय भएर सबैले हातेमालो गरी छुई प्रथा उन्मुलनको अभियानमा छौ ।”

कनकासुन्दरी ४ की ५६ वर्षिय छिटु सार्की भन्छन,“पहिल अहिलेको जस्तो तालिम, सेवा सुविधा कहाँ थियो । देवताको डर र त्रासले गोठमा बस्थ्यौ । अहिले तर क्या छ । धामी झाँक्री पनि घरमै बस्न भुन्न थाले । पुजा कोठा र भान्सामा नपसेपनि सुरक्षति आफु सुत्ने कोठामा जाने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने चेतनाको विकास भएको छ ।”
उनले थपिन,“अहिले हामीले छुईप्रथाका नाममा हुने विभेद पनि सामाजिक अपराध हो भन्ने बुझिसकेका छौं ।
आत्म सम्मानका लागि सहाकार्य (क्याड) नेपालले बालविवाह मुक्त गाउँ,छुईगोठ मुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक पटक बालबिवाह र छुई प्रथाका असर,कानुनी सजाय, ढिलो बिहे गर्दाका फाइदाका बारेमा तालिम दिएर सचेत बनाएको छ । बालविबाह रोक्न निगरानी समिति बनाएर प्रतिबद्ध भएर जुटेका छौं ,”
बालबिवाह गर्ने र छुई प्रथा मान्नेलाई वडाको सार्वजानिक सेवाबाट बन्चित गर्नेदेखि बिवाहनै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी ६ का लालु नेपालीले बताए । दलित समुदायमा बालबिवाह बढी भएकोले कनकासुन्दरीका दलित समुदायनै अहिले बालबिवाह रोक्न अग्रसर भएको उनको भनाई छ छ । कनकासुन्दरी गाउँपालिका वडा नं ४,५ र ६ का दर्जनौ बस्तीलाई बालबिवाह मुक्त र छुईगोठ मुत्त गाउँ बनाउन स्थानीय जुटेका छन् ।
विगतको तुलना छाउपढी कम भएपनि बढ्दो बालबिवाहलाई रोक्ने स्थानीयहरू लागि परेको क्याड नेपालका फिल्ड सुपर भाईजर शेर बहादुर रोकायाले बताए । उनका अनुसार क्याड नेपालले २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा बालबिवाह न्यूनीकरण, छाउपडी प्रथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।



