
जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ का नरविर सार्कीले अहिले आएर बालबिवाह गर्नु अपराध रहेछ भन्ने कुरो स्पष्ट बुझेका छन् । २०५५ सालमा करिब १३–१४ वर्षकै उमेरमा पारिवारिक दबाबले बालविवाह गरेका हुन्ले सानैमै विबाह गरेर बच्चा जन्माएकै कारण श्रीमती गुमाउनु पर्यो । शारीरिक प्रजनन स्वास्थ्य परिपक्क नभएको र उम्मेर सानै भएका कारण सुत्केरी हुन सकेर श्रीमतीको मृत्यु भयो ।
नरविर भन्छन,“अहिले आएर थाहा भयो बालबिवाह अपराध रहेछ । शिक्षा स्वास्थ्य,रोजगारको अबसर बाट मात्र बन्चित भएनौ अकालमै ज्यान समेत गुम्यो । त्यतिबेला बालबिवाहको कानुन पनि थिएन् । शिक्षाको कुरा धेरै दुर थियो । अशिक्षा, गरिबी, अन्धविश्वासले गर्दा परिवारको दबाबमै बिवाह गरे । जसका कारण श्रीमती गुमाए । भने मैले पढ्न लेख्न पाईएन् ।”
बाल विबाहलाई अब जरैदेखि अन्त्य गर्नु पर्छ । क्याड नेपालले हामीलाई बालबिवाहका बेफाईदा बारे अभिभावक संगै किशोर किशोरीलाई पनि सिकाएको छ । अब आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने अठोसका साथ कनकसुन्दरीका दलित समुदाय अघि बढ्नु पर्ने उनको भनाई छ ।
अहिलेको जस्तो तालिम, कानुनका कुरा त्यतिबेला भएको भए साहेत बालबिवाह हुन्थेन् । विगत सम्झेर ठूलो पश्चताप लाग्छ । कनकासुन्दरी ६ की धर्मा सार्कीले भनिन,“अशिक्षाकै कारण मैले १३ वर्षको उम्मेरमा विवाह गरे । अहिले ४७ वर्षकी भए । सानैमा बिहे गरेका कारण गर्वमै ३ बच्चा मरे। शिक्षाबाट पनि बन्चित भए, शारीरिक रूपमा कच्चा भए । सबै त्यतिबेला विवाह हुनुको मुख्य कारण चेतनाको अभाव हो ।”
अब मेरी छोरीलाई पनि गर्न दिन्न अरुलाई त्यस्तै चेतना फैलान्छु । सामाजिक एकता बाटै बाल विवाह विरुद्धको अभियानमा चलाउन सकिने उनको भनाई छ ।
नरविर र धर्मा जस्तै सयांै महिला पुरुष अशिक्षाका कारण बालबिवाह गरेरपश्चात गरिरहेका छन् । पहिले शिक्षाको अभाव,ऐन कानुन नभएका कारण बालबिवाह गर्यौ ।
अहिले कानुन छ । शिक्षाको अभाव पनि छैन् । गाउँगाउँमा तालिम चल्छन् । तर पनि बालबिवाह रोकिएको छैन् आफ्ना बालबालिका प्रति गैर जिम्मेवार अभिभावकै कारण पनि बालविवाह बढेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग,फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालबालिका बिग्रेका छन् ।
अझ गाउँमा काममै बढी ध्यान दिने,छोराछोरीलाई फोन दिएर घरभन्दा बाहिर पढ्न पठाउने तर निगरानी नगर्दा बालबिवाह बढेको कनकासुन्दरी गाउँपालिकाका पन्जीकरण शाखा प्रमुख दिपेन्द्र उपाध्यायले बताए । उनका अनुसार कम उमेरमा विवाह गरेकै कारण धेरै बालबालिका बालपोषण भत्ताबाट पनि बन्चित भएका छन् ।
कनकासुन्दी ३ की अन्जली बुढाले भनिन,“हिजो हाम्रा बुबा आमाले बाल बिवाह गरेर अहिले पछुताएका छन् । हामीले क्याडको सिओसी कक्षाबाट पनि धेरै कुरा सिकको छौ । हामी पनि बाल बिवाह नगर्ने र अरुलाई गर्न नदिनेर भनेर कनकासुन्दरीका ५ सय किशोर किशोरी एकेबद्धता भएर लागेका छौ । बालबिवाहलाई शुन्यमा झार्ने हाम्रो लक्ष्य छ ।”
तथ्यांक अनुसार जुम्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको छ । गत आवमा जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । जुन बढ्दो बालविवाह पराकाष्ठ हो । जसमा कनकासुन्दरीका मात्रै ९० जना किशोरीले २० वर्ष नपुगी बालबिवाह गरेका थिए । पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरकै कारणले जुम्लामा बाल बिवाह बढेको हो ।



