सिंजा क्षेत्रका तीन पालिकाका १० वडामा ४० सिओसी कक्षा संचालन

जुम्ला ।  सिंजा क्षेत्रका ३ पालिकामा पछिल्लो समयमा छुईप्रथा न्युनिकरण बालबिवाह अन्त्यको बसह निकै चलेको छ । त्यहाका किशोर किशोरीनै सामाजिक कुप्रथा विरुद्ध उत्रेका छन् । गाउँलाई बाल बिवाह र छुईप्रथा मुक्त बनाउने किशोर किशोरीको अठोट पनि छ ।

सामाजिक कुरिती विरुद्ध वकालत गर्नकै लागि सामाजिक शसक्तीकरण गर्न क्याड नेपाल जुम्लाले सिंजा क्षेत्रका तीन पालिकामा ४० वटा सीओसी कक्षा संचालन गरेको छ ।

प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालद्धारा संचालित निर्णय र नेतृत्व परियोजना मार्फत सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका १० वटा वडामा ४० वटा सीओसी कक्षा सञ्चालन गरिएको हो ।

१० वटा वडाका करिब १ हजार किशोर किशोरी परिवर्तनका सम्ंबाहका रुपमा तयार भएका छन् । उनिहरुलाई बाल अधिकार, सशक्तिकरण,छुई प्रथा अन्त्य,बाल बिवाह मुक्त समाज,लैगिक विभेद अन्त्य र समृद्ध समाज निर्माण लगायतका थुप्रै विषयमा सिओसी कक्षामा सिकाउने गरिएको थियो ।

४० पटक संचालित कक्षाले सिंजा क्षेत्रका तीन पालिकाका १ हजार किशोरी कुरिति विरुद्ध वकालत गर्न सक्षम बनेको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । संस्थाले गरेका राम्रा कामको निरन्तरता दिन थप सहकार्य गर्ने र बालमैत्री नीत निर्माणमा जोड दिने उनको भनाई छ ।

क्याड नेपालले सामाजिक कुरिती अन्त्यका लागि सिंजा क्षेत्रका युवा युवतीलाई दिएको जस्तो जाँगरण शिक्षा जुम्लाका सबै स्थानीयतह यस्ता व्यवहार परिवर्तन सहितको शिक्षा दिने कार्यक्रममा जोड दिनु किशोर सिंजा गाउँपालिका ४ का भरत बुढाको जोड छ । उनले भने,“सिओसी कक्षामा सिकेका सामाजमा लागु गर्न प्रयास गरिरहेका छौ ।

स्थानीय तह संग पनि बालअधिकार कार्यान्वयनको पहल गरिरहेका छौ । समन्नुत समाज निर्माणमा किशोर किशोरी एकहुनुको विकल्प नरहेको कुरा पनि सिकेका छौ ।”
सिंजाका अस्मिता बुढा,सक्शेस बुढा,सृजना शाही र श्रृष्टी शाही लगायतका किशोर किशोरीले निर्णय र नेतृत्व परियोजनाको सिओसी कक्षाले सामाजिक कुरिती विरुद्ध वकालत गर्न कानुनी तथा सैदान्तीक ज्ञान पाएको बताएका छन् । आफु पनि बाल विबाह छुईप्रथा नमान्ने अरुलाई पनि गर्न नदिने उहाँहरुको प्रतिबद्धता छ ।

क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाईजर शेर बहादुर रोकायाले निर्णय र नेतृत्व परियोजनाको अपेक्षित लक्ष्य हासिल भएको बताए । उनका अनुसार कार्यक्षेत्रका तिनै पालिकाका गाउँमा अहिले बाल बिवाह गर्नुहुदैन्,महिनाबारी भएको बेला गोठमा बसाल्नु हुदैन् भन्ने चेतनाको विकास भएको छ ।

मुख्य उपलब्धीका रुपमा सिंजाका तीन पालिकाका १ हजार परिवर्तन सम्बाहकका तयार गरेका छौ । जसमा १० वर्षदेखि १५ सम्मका ५ सय र १६ देखि २४ वर्ष उम्मेरका ५ सय गरी १ हजार परिवर्तनका सम्बाहक तयार भएका हुन् । उनिहरुले परियोजनाको लक्ष्यलाई सफल बनाउन आफ्नो गाउँघरमा कुरिती अन्त्यका लागि उल्ल

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस