
जुम्ला । जुम्लाका १४ जना उत्कृष्ट कृर्षक पुरुस्कृत भएका छन् । कृषि तर्फका ७ र पशुपंक्षी पालन तर्फ ७ जना गरी १४ जना किसान मुख्यमन्त्री उत्कृष्ट कृर्षक पुरस्कारबाट पुरुस्कृत भएका हुन् ।
उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रमका बीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चाय र प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले पुरस्कार वितरण गरे ।
जसमा पशुपंक्षी पालन तर्फबाट तातोपानी ४ की गंगादेवी उपाध्याय पुरुस्कृत हुनु भएको टछ । उहाँका तातोपानी गाउँपालिकाको पुर्व उपाध्यक्ष पनि थिईन् । अहिले व्यवसायीक कालिज पालन गर्नु भएको छ ।
त्यस्तै, चन्दननाथ नगरपालिका २ का कमला बुढ्थापा (बाख्रा पालन),चन्दननाथ ३ कै अम्मरसिंह भ्रकि घाँसखेति,चन्दनाथ ३ का जंग बहादुर खत्रि (भेडापालन), चन्दननथा ६ का डिल्ली बहादुर रावल, गुठिचौर ५ का गोपाल महत (भैसीपालन) तर्फ र कनकासुन्दरी १ का कर्णसिंह सिंह कठायत नगद १० हजार र प्रमाण पत्र सहित पुरुस्कृत भएका छन् ।
साथै कृषि क्षेत्र तर्फबाट कृषि तर्फ तिला गाउँपालिका ८ का बुद्धि बस्नेत,पातारासी ४ की सुसिला बोहोरा,तातोपानीका १ परान धराला,चन्दननाथ ५ का निरोजराज गिरी, गुठिचौर ५ बबिता भण्डारी, सिंजा ४ का गगन बहादुर शाही र कनकासुन्दरी ४ का नर बहादुर घर्ती गरी ७ जना कृषक पुरुस्कृत भएका हुन् । उहाँहरुले पनि जनही १० हजार नग प्रमाण पाएका छन् ।
पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको तातोपानी ४ की गंगादेवी उपाध्यायले बताईन् । तातोपानी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी उपाध्यायले अनुदानमुखी भन्दा पनि किसान उत्पादनमुखी र आत्मनिर्भर हुनु पर्नेमा जोड दिईन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन बृद्धिमा टेवा पुग्ने बताए । सरकारको लगानी अनुसार कृषि र पशुपालन क्षेत्रबाट अपेक्षित उपलब्धी नभएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले कृषिमा यूवा आर्कषण बढ्दो क्रममा रहेको स्थानीयतहले यूवामैत्री नीति निर्माणमा जोड दिन सुझाब दिईन् । किसानलाई मुख्यको अभाव नरहेको भन्दै उत्पादन बृद्धिमा जोड दिनपर्नेमा उल्लेख गरिन् ।
जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयको संयुक्त आयोजनामा ७ जना पशु तर्फ र ७ जना कृषि तर्फका उत्कृष्ट १४ जना किसानलाई पुरुस्कृत गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिए ।
बास्तविक किसान नछुट्ने गरी,नक्कली किसान नपर्ने गरी र पहिला पाएका किसान नदोहोरीने गरी कार्यविधि मापदण्ड अनुसार छनोट गरिएको जिल्ला कृषि विकास कार्षलय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले बताए ।



