
जुम्ला ः हेटौडामा सम्पन्न हुने प्रेस यूनियनको केन्द्रीय सचिवमा जुम्लाका एलपी देवकोटाले उम्मेदवारी घोषणा गरेको छन् । आगामी साउन ६ र ७ गते सम्पन्न हुने यूनियनको नबौँ महाधिवेशनका लागि देवकोटाले सचिव पदको उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रेस युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यन्वयनको लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
देवकोटा कान्तिपुर मिडिया गुरुपमा आबद्ध छन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई सचिव पदमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।
पत्रकार महासघ जुम्लाका सल्लाहाकार समेत रहेका देवकोटा एक दशक भन्दा लामो समय कर्णाली क्षेत्रमा रहेर पत्रकारीता गर्दै आएका छन् । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका देवकोटा पत्रकार हकहितका लागि पनि आवाज उठाउदै आएका छन् ।
कर्णाली जस्तो दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु र कर्णालीमा पनि केन्द्रीय तहमा नेतृत्व गर्न सक्षम पत्रकार छन् भन्ने देखाउन पनि आफ्नो उम्मेदवारी दिने निधो गरेको देवकोटाले वताए ।



