
जुम्ला । जुम्लामा छायांकन भएकाे चलचित्र “प्रकाश” आगामी भदाै १० गतेदेखि प्रकाशनमा आउदैँ छ । जस अन्तरर्गत गत मंगलबार काटमान्डाैमा आयाेजित पत्रकार सम्मेलनमा फिल्मकाे ट्रेलर सार्वजानिक भएकाे छ । ट्रेलरमा सशस्त्र द्दन्द्द घाउदेखि जुम्लाकाे तन्नेरी सपना झल्काएकाे छ ।
रिलिज भएकाे ट्रेलर प्रति बजारमा सकारात्मक प्रतिक्रिया समेत आईरहेका छन् । दर्शक चलचित्र प्रति उत्साहित समेत छन् ।
भदाै १० गतेदेखि प्रर्दशन हुने चलचित्र प्रकाशनले लगानी अनुसारकाे प्रतिफल प्राप्त गर्ने निश्चित छ । भने, चलचित्रले जुम्लाकाे परिबेस,जुम्ली युुवाले आफ्नाे लक्ष्य पूरा गर्न देख्ने सपना र १० वर्षे सशस्त्र द्दन्द्दकाे घाउका विषयमा वकालत गरेकाे छ ।
उक्त फिल्ममा मुख्य कलाकारका रुपमा नायक प्रदीप खड्का, दीया मास्के, रेणु योगी लगायत छन् । साथै चलचित्र प्रकाशमा जुम्लाका गाेविन्द सुनार,धनराज सुनार,पुर्ण प्रसाद चौलागाई,राजकली महत लगायत जुम्लाका दर्जन बढी स्थानीय कलाकारले प्रकाश फिल्ममा आफ्नाे भुमिका कुसलता पुर्वक निभ्याएका छन् । कलाकारितामा लामाे समयदेखि लागि रहेका जुम्लाका दर्जनौ स्थानीय कलाकारले प्रकाश फिल्ममा आफ्नो अभिनय देखाउने अबसर पाएका हुन् ।
जुम्लाकाे पर्यटन प्रर्बधन,भाषा साहित्य संरक्षण तथा जुम्ली यूवाकाे सपनालाई चलचित्र प्रकाशले जाेडदार प्रस्तुत गरेकाे कलाकार धनराज सुनारले कर्णाली पाेष्टलाई जानकारी दिए ।
१० गतेदेखि प्रर्दशनमा आउने प्रकाश चलचित्रलाई हेरेर माया गरिदिन तथा सुझाव दिन उनकाे अपिल छ । चलचित्र कर्णालीका समस्या र समधान बिचकाे मिओका रुपमा समेत प्रस्तुत भएकाे छ ।
साथै मुख्य पात्रको भूमिकामा देखिएका प्रदीपले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई ट्रेलरमा चित्रण गरिएकाे छ । अभिनेत्री मास्केले सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी महिला चरित्रमा अभिनय गरेकी छन् ।
डेब्यु गर्ल रेणु प्रदीपकी लभ इन्ट्रेस्ट चरित्रमा प्रस्तुत छिन् । निर्देशक दिनेश राउतले ट्रेलरमा सशस्त्र द्वन्द्वको परिवेशमा जुम्लाले भोग्नुपरेको आर्थिक र सामाजिक विभेदलाई चित्रण गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले यो फिल्म जुम्लाको मात्र नभएर समग्र नेपालकै यथार्थ भएको बताए । अभिनेता खड्काले फिल्म प्रकाशलाई आफ्नो पुनर्जन्म भएको रुपमा उल्लेख गरे । अभिनेत्री मास्केले ‘प्रकाश’ आफ्नो करिअरकै सबैभन्दा कठिन प्रोजेक्ट रहेको बताइन् ।
यही फिल्मबाट फिल्ममा डेब्यु गरेकी योगीले छायांकन समयको अनुभव बाँडिन् । उनको प्रशंसामा बोल्दै अभिनेत्री मास्केले रेणुको डेब्यु भए पनि नयाँ कलाकारजस्तो महसुस नहुने बताइन् ।
भदौ १० गते रिलिज हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । अस्ट्रेलियामा बसोबास गर्दै आएका महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मले अहिले प्रचारप्रसार पनि सुरु गरिसकेको छ ।



