अबरुद्द कर्णाली राजमार्ग खुल्याे

जुम्ला । अबरुद्द कर्णाली राजमार्ग शुचारु भएकाे छ । गएराति देखि भएकाे अविरल वर्षाका कारण मंगलबार विहानदेखि अबरुद्द सडक खुलेकाे हाे ।

कालिकोटको खाडाचक्र नगरपालिका जिते स्थित सडक माथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियाे ।

पहिराे पन्छाएर विहान १० बजेदेखिनै सडक शुचारू भईसकेकाे सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । उनले भने,”अबरुद्द सडक खुलाउन विहानैदेखि मेसिन र जनशक्ति परिचालन थियाे । १० बजे सडक खुलेर जावत जावत सहज भईसकेकाे छ ।”

वर्षा जारि रहेकाेले कति बेला सडक अबरुद्द हुने पहिराे आउने निश्चित छैन् । तर सडक डिभिजन जुम्लाकाे टाेली यातायातलाई सहज बनाउन अबरुद्द खुलाउन तैथान रहेकाे प्रमुख श्रेष्ठकाे भनाई छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस