भू–तथा जलाधार जुम्लाका तत्कालीन कार्यालय प्रमुख श्रेष्ठसहित ६ जना बिरुद्ध १८ लाख भ्रष्टचारको मुद्दा दर्ता

जुम्ला । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टचार सम्बन्धी मुद्धा दर्ता गरिएको छ । कार्यालय प्रमुख श्रेष्ठ सहित सव–इन्जिनियर,वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ६ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

कार्यालय अन्तरर्गत मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला रावलवाडा तटबन्धन निर्माण योजनामा आर्थिक अनियमितता भएको ठहराउदैँ अख्यितारले विशेष अदालतमा मुद्धा दायर गरेका छ ।

कार्यालय प्रमुख श्रेष्ठ, सव–इन्जिनियर दानबहादुर बुढ्थापा,उपभोक्ता समितिका अध्यक्ष सोरु गाउँपालिका–४ निवासी हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषध्यक्ष भिमलाल र सोहि वडाका वडाध्यक्ष डबले शाही विरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको हो ।

तटन्धन निर्माण समितिका अध्यक्ष समेतले तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै बिषेश अदालतमा मुद्दा दायर गरेको हो । कार्यालय प्रमुख श्रेष्ठ र सव–इन्जिनियर दानबहादुर बुढ्थापाले तटबन्धन निर्माण गर्दा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलेर नक्कली बिल भरपाई बनाएर १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्यियारले जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्ष हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषध्यक्ष भिमलाल दमाई प्रहरी चौकी सोरुमा गएर जाली बगाएको नक्कली मुचुक्का बनाएको आधारमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

त्यस्तै, तत्कालिन वडाध्यक्ष डबले शाहीले प्रहरी चौकीले नक्कली मुलुक्का बनाउँदा साची बसेकोले उक्त मुद्धा वडाध्यक्ष समेत मुछिएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस