कविता : चुनाव आउदै छ !

चुनाव आउदै छ !

चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।

चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।।

हिजाे माओवादीले काङ्ग्रेस मारेकाले, भाेट हाल भन्दै जाउ कि

हिजो काङ्ग्रेसले माओवादीकाे टाउकाको माेल ताेकेकाेले भाेट हाल भन्दै जाउ

चुनाव आउदै छ म गाउँ घरमा के भनेर जाउ ।

चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।।

पार्टीका निस्ठा र सिद्धान्त कता हराए,

 वी. पी गणेशमानका आदर्श कता हराए 

हजारौं माओवादी शहिदहरूकाे रगत कता हराए 

चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।

चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।।

चाहिएको छ मात्र,  प्रधानमन्त्रीकाे कूर्ची

 कार्यकर्ता खाेलामा जाओस्, पार्टी झाेलामा जाओस् 

काग्रेंसलाई आसीं हथौड़ा मा र माओवादीलाई रूखमा

भाेट हाल भनि, घर घरमा म कसरी भन्दै जाउ

चुनाव आउदै छ म गाउँ घरमा के भनेर जाउ ।

चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस