जुम्ला । नेकपा एकिकृत (समाजबादी) पार्टी जुम्लाले बहुमत सदस्य नेकपा एसमै कायम रहेको बताएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत नेकपा एमाले र नेकपा एस पार्टीबीच एकता भएको भन्ने कुरा प्रति आपत्ती जनाउदैँ २÷४ जना विचारबाट विचलीत भएका टिकट नपाएको जोगमा केहि व्यक्ति मात्रै एमाले प्रबेश गरेको स्पष्ट पारीएको छ ।
२०५ जना जिल्ला कमिटी रहेको नेकपा एस पार्टी जुम्लामा पदाधिकारी २ जना र सहित ६ जना मात्रै एमाले प्रबेश गरेको र ती ६ जनालाई पार्टीले कारबाहि गरीसकेको एकिकृत समाजबादीका जिल्ला संयोजक तिर्थ बुढाले बताए । बुढालाई हाल जुम्लाको निर्वाचन गतिविधि संचालन तथा पार्टी संचालनका लागि जुम्ला जिल्ला संयोजकको जिम्मेवारी तोकिएको छ ।
उनले भने,“विद्रोहको औचित्य सकिएको भन्दै प्रबेश गरेका कमरेडहरुको त्यो देखाउने दाँत मात्रै हो । वास्तविक कुरा देविलाल थापाले टिकट नपाएपछि उनकी पछि दाँस प्रबृत्तिका केहि व्यक्तिले प्रबेश गरेका हुन् । यो सबै पदम रोकायालाई चुनाव हराउने खेल मात्र हो । तर हामी सचेत छौ । बहुमत हामी संग । गठबन्धनको साथ छ,जित्नेमा दुईमत छैन् ।”
बहुमत सदस्य एमालेमा प्रबेश गरेको भए बैठक बसाल्न,हस्ताक्षर सहितको माइन्युट देखाउन समेत बुढाले चुनौती दिएका छन् । उनले थपे,“हिजो प्रतिगामी,राष्टघाती,संविधान विरोधी भन्दै सडकमा उत्रिएका र विद्रोहमा सामेल भएकाहरु स्वार्थ पुरा नभएपछि विद्रोहको औचित्य समाप्त भएको बाहनामा फेरी प्रतिगामी पार्टीमा जानु लाज पनि लजाउजु स्रह हो ।”
विद्रोहको औचित्य पृष्टी हुने कुरा जादुको छडी जस्तो आजको भोली देखिने कुरा हैन् । समय लाग्छ,कुनै विद्रोहको औचित्य पुष्टी नहुन पनि सक्छ । तर पार्टी अध्यक्षका नाममा गठबन्धनका बैठकमा गएर,आफ्नाले टिकट पाए नेकपा एसमै रहने नपाए एमालेमा प्रबेश गर्ने पुर्वतयारी गरेका केहि व्यक्तिहरु दास प्रबृत्तिबाट माथि उठ्न नसकी बाध्य भएर एमाले प्रबेश गरेको समेत पत्रकार सम्मेन मार्फत जानकारी गराइएको छ ।
कर्मचारी शिक्षकको नेतृत्व गर्ने प्रभावशाली व्यक्ति एमालेमै फर्किएका छन्, चुनाव नजिकीदै छ । त्यस्ता व्यत्तिको प्रबेशले केहि प्रभाव पर्ला की नाई ? भन्ने पत्रकारको प्रश्नमा संयोजक तिर्थ बुढाले नेकपा एसका कार्यकर्ता,शुभेच्छुक संगठन दास प्रबृत्तिबाट मुक्त भईसकेको ठोकुवा गरे । “हिजो शक्ति थियो । विभिन्न प्रलोभनमा सोझा साझालाई आफ्नो दास बनाए । अब कार्यकर्ता धेरै सेचत छन् । एक व्यक्ति र समुहको हित र स्वार्थका लागि सती जान तयार छैनन् । मुलतः नेकपा एस पार्टी जुम्ला बहुमतमै छ । केहि व्यक्तिबादीहरु चोइटिएर गएका मात्र हुन् ।” उनले भने ।
पार्टीको विधान विरुद्ध लागेर एमाले प्रबेश भएका व्यक्तिलाई कात्तिक २० गतेनै पार्टीको साधारण सदस्य नरहने गरी कारबाहि भईसकेको समेत जनाइएको छ ।