‘जुम्लाको विकास र महिला मुक्तीका लागि मेरो उम्मेदवारी हो,जनताको साथ छ,जीतमा दुइमत छैन्’ःगोमा कुँवर


जुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकीदै गर्दा उम्मेदवारहरु गाउँ केन्द्रित भएका छन् । निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि चुनावी भेला,आमसभा लगायतका कार्यक्रम गर्न अनुमती दिएसंगै उम्मेदवारहरु मतदाता रिझाउन गाउँ केन्द्रित भएका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन निकै रोचक र खरो प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनका तर्फका कर्णालीमै पहिलो महिला उम्मेदवारका रुपमा जुम्लाबाट गोमा कुँवर (गौतम)ले उम्मेदवारी दिदाँ नेकपा एमालेबाट रतननाथ योगी,राष्ट्यि प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र बहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट डिल्ली प्रसाद काफ्ले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

विशेषगरी सत्ता गठबन्धका उम्मेदवार गोमा कुँवर,एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीबीच खरो तथा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनकी साझा उम्मेदवार तथा माओबादी नेतृ कुँवर २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचन भई पशुपन्छी विकास राज्यमन्त्री समेत हुनु भएको थियो । तीन दलीय गठबन्धन भएको र झण्डै ३६ हजार भोट गठबन्धनकै पक्षमा भएकोले गोमा कुँवर प्रभावशाली एबम बलियो उम्मेदवारका रुपमा रहेकी छन् । गठबन्धन,दलित,महिला,विपन्न समुदायको साथ,विकास प्रेमी,न्याय प्रेमी जनताको साथनै कुँवरका जित्ने आधार हुन् । बहुमतका साथ आफुले जित्नेमा उनको दाबी छ ।

“विपन्न महिलाको शसक्तिकरण,जीवकोपार्जन,संविधानको रक्षा,राजनीतिक स्थायीत्व कायम गर्न तथा समृद्ध जुम्ला निर्माणका लागि मेरो उम्मेदवारी हो । तीन दलीय गठबन्धनको साथ,आम महिला दिदि बहिनी,दलित विपन्न वर्गको आर्शिवाद मलाई रहेको हुँदा जीत सुनिश्चित छ ।”

यदपी गठबन्धनकी उम्मेदवार कुँवर यसपालीको निर्वाचनमा इतिहास रच्ने कसरतमा छन् । पुर्वमन्त्री तथा माओबादी केन्द्रकी प्रभावशाली महिला नेतृ कुँवर गठबन्धनको बलियो साथ भएकोले ढुक्कले चुनाव जित्ने दाबी गर्नुुहुन्छ ।

मुलुकको समृद्धी,जुम्लाको आर्थिक,सामाजिक तथा राजनीतिक विकास,दुर्गमदेखि सुगाका महिलाको शसक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको समेत कुँवरले बताएकी छन् । मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न,संविधानलाई पुर्ण कार्यान्वयन गर्न,जुम्लालाई मुलुककै एक नमुना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँदै आएकी कुँवरले साविक कर्णालीबाट पहिलो महिला जितेर इतिहास रच्ने अबसर चुनौती दुबै आफु माथि रहेको समेत उनको भनाई छ ।

१६ वर्षको उम्मेरबाट राजनीतिमा होमिएकी कुँवर एक स्थापित महिला नेतृ हुन् । नेपालमा भएका विभिन्न आन्दोलनको अगुवाई गर्दै दलित,सर्वहारा वर्ग,निमुखाहरुको हितका लागि भुमिगत जीवन समेत बिताएकी कुँवरले मुलुकको व्यवस्था परिवर्तनका लागि उच्च योगदान समेत दिएकी छन् ।

तर व्यवस्था संगै अबस्था नबदीएको विपन्न गरिब जनताको मुहारमा खुसी छर्न विकासका मुल फुटाउन आफ्नो उम्मेदवारीलाई जुम्ली जनता,महिला दिदि बहिनी र समग्र गठबन्धनले आफुलाई अनुमोदित गर्ने उनको दाबी छ ।

कुँवर कर्णालीमा गठबन्धनबाट एक्ली महिला उम्मेदवारका रुपमा चुनावमा होमिएकी छन । मैले जुम्लाको विकासका लागि योगदान गर्न सक्ने विश्वासले गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो कुँवरको भनाई छ ।

उनले भनिन,“गठबन्धन मुलुकको हित र देशको विकासका लागि भएकोले जुम्लाबाट संघ प्रदेशमा गठबन्धनका उम्मेदवार बहुमतले जित्नेमा दुईमत छैन् । मतदाताको विश्वास गठबन्धनले जितिसकेकोले निर्वाचन पनि जित्ने पक्का छ ।”

कुँवर यतिबेला संविधानको रक्षा,राजनीतिक स्थायीत्व र महिला शसक्तिकरण,आर्थिक विकास,रोजगारी सृजना र पूर्वाधार विकासका एजेण्डालाई बोकेर घरदैलो अभियानमा छन् । साविक कर्णालीबाट पहिलो महिला उम्मेदवार भएकालेपनि आम महिला दिदि बहिनीको विशेष साथ,सहानुभुति तथा आर्शिवाद रहेको छ । लामो संघर्ष र बलिदानी बाट नेपालमा राजतन्त्र अन्त्य गरी लोकतन्त्र गणतन्त्र आइसकेको अबस्थामा राजाबादीका मुद्धा बोकेर आएका ज्ञानेन्द्र शाहीले कुनै प्रभाव नपार्ने समेत उनको दाबी छ ।

आफ्नो चुनावी सभामा ज्ञानेन्द्र शाहीलाई आफुलाई ब्यंग हानेर महिलाले केहि गर्न सक्दैन भन्ने खालका अभिव्यक्ति दिएको प्रति समेत आपत्ती जनाईन् । आफ्नो दलको नाम र घण्डा समेत राख्न नसक्ने,घोषणा पत्र ल्याउन नसक्नेले मुलुकको नेतृत्व गर्छु भन्नु यूटुव चलाए जस्तो, गलो सुक्ने गरी भाषण गरे जस्तो र अभियान चलाए जस्तो सहज राजनीति गर्नु र जनताको सेवा गर्नु नभएकोले जनता सबै सचेत भई भ्रममा नपरी गठबन्धन जिताउन लाग्नु पर्नेमा कुँवरले जोड दिईन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस