स्थानीय सरकारलाई आयोजना हस्तान्तरण

जुम्ला ः अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साँझेदारीमा पेस नेपाल जुम्लाले निर्माण भएका आयोजना हस्तान्तरण गरेको छ । २६ करोड ६९ लाख ७६ हजार ३१८ रुपिया ४८ पैसामा निर्माण भएका आयोजना स्थानीय तह हिमा, तिला र तातोपानी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
जिविकोपार्जनका साधानहरु तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापनमार्फत उच्चपहाडी हिमाली जिल्लाका जलवायु संकतासन्न, खाद्य असुरक्षित र गरिव घरपरिवारको अनुकुलन क्षमता अभिबृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको थियो ।
नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन सम्वन्धी कार्यक्रम (क्याफ्स कर्णाली) सन् २०१८ अक्ट्बरदेखि सञ्चालन गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपाने बताए । परियोजना अवधि ४ वर्षको हो । उनले भने अक्टुबर २०२२ मा ४ बर्षे परियोजना सम्पन्न भएपनि निर्माण भएका सवै आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
१३८ हेक्टर जमीन सिचाई हुने नहर (कुलो) निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १२५ विरुवाको व्यवसायिक फलफुल खेती र ८ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ ।
यस्तै ३८३ जना कृषकको बाली तथा पशु बीमाको लागि सहयोग, एक वटा लिफ्ट सिचाईबाट ३२ हेक्टर जमीन सिचाई भएको पेस नेपाल जुम्लाले जनाएको छ । ९ वटा सुधारिएको पानी घट्ट निर्माण भएका छन् । ४० हेक्टर जमीन सिचाई हुने ७ वटा पानी संकलन पोखरी निर्माण, १ वटा लद्युजलविद्युत आयोजना निर्माण, ५ वटा रष्टिक स्टोर तथा संकलन केन्द्र भवन निर्माण गरिएको छ ।
४७८ घरधुरीका लागि ४ वटा आनेपानी आयोजना निर्माण, ८ वटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घरबगैचा स्थापनाका लागि १ हजार ७२२ घरधुरीलाई ५२ हजार ५७१ फलफुलको विरुवा सहयोग गरिएको जनाएको छ ।
४ वर्षे परियोजनाबाट १७ हजार ५१६ लाभान्वित जनसंख्या रहेको छ । १२ हजार ७ सय जनालाई जनलवायु परिवर्तन अनुकुलन सम्वन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजन कृष्ण शाहीले बताए । ३ हजार ७३८ कृषकलाई प्राविधिक सहयोग भएको छ । उनले भने ४८ वटा सामुदायिक पुर्वाधार निर्माण गर्दा ज्यालाका रुपमा ८ करोड १० लाख ४६ हजार ४८१ रुपियाँ नगद हस्तान्तरण गरिएको छ । कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा ३ वटा स्थानीय अनुकुलन कार्ययोजना निर्माण गरिएको छ ।
परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी ३ वटा गाउँपालिकाका १० वडाका ३ हजार ५२६ घरधुरीका २१ हजार १५० जनसंंख्या रहेको पेस नेपाल जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस