विमान दुर्घटनामा ६८ जनाको शव फेला 

काठमाडौं, सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ।

सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ।

९ एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियाे। जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला थिए। जहाजमा १५ जना विदेशी यात्रु सवार थिए। जसमा पाँचजना भारतीय, चारजना रसियन, दुईजना कोरियन, एक अर्जेन्टिनी, एक आइसिरिस र एक फ्रान्सेली नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस