जुम्लामा जीप दुर्घटना अपडेटः एकको मृत्यु,१५ घाईते,दुईको अबस्था गम्भीर

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका – ६ कोटाभिरमा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मूत्यु भएको छ । जुम्ला विमान स्थलबाट पातारासी गाउँपालिकाको तल्फीपेरे गाउँ तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना हुदा एकको मृत्यु भएको हो ।

घटना स्थलमा पातारासी गाउँपालिका – १ खालाढिककी ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए । उक्त जीपमा सवार चालक सहित १७ जना मध्य एकको मृत्यु र १५ जना घाईते भएका छन् । जीप चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

जीप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो । घाईते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।

घाईते मध्य ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको अबस्था गम्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले बताए । उनका अनुसार घाईते हुनेमा १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन रहेका छन् ।

त्यस्तै, १७ वर्षीय पेमा लामा, २३ वर्षीय निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ, ८ वर्षीया पेमा डोल्मा तामाङ घाईते भएको डा. शाहले जानकारी दिए । घाईतेहरुको ठेगानाले अझै खुलेको छैन् । सबै घाईतेहरुको टाउको,मुख,खटामा चोट लागेको छ ।

ब्याक गर्ने क्रममा दुर्घटना भएका् जीपमा क्षामता भन्दा बढी यात्रु बोकेको पाईएको छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस