File Photo:
जुम्ला । कर्णाली राजमार्ग अबरुद्द भएकाे छ । मंगलबार विहानैदेखि लगातार भएकाे भारी हिमपातसंगै वर्षाले आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्द भएकाे हाे ।
विहान ११ बजे पहिराे आउँदा तिला गुफा नगरपालिका ४ स्थित राँचुलीमा पहिराे गई राजमार्ग अबरुद्द भएकाे प्रहरी नायब उपरिक्ष (डिएसपि) नरेन्द्र चन्दले बताउनु भयाे । उहाँका अनुसार पहिराेले जुम्लादेखि नेपालगन्ज तर्फ जाँदै गरेकाे बाग्मती प्रदेश २९५८ नम्बरकाे यात्रु बाहक जीप पहिराेमा फसेकाे छ ।
जुम्ला कालिकाेट सिमा क्षेत्रकाे नाग्म प्रहरी चाैकीबाट सुरक्षाकर्मि पहिराे गएकाे क्षेत्रतर्फ गइरहेका छन् । पहिराेले कर्णाली राजमार्ग पुर्ण अरुबद्द हुँदा यात्रु अलपत्र परेका छन् । जुम्लाबाट दैनिक सुर्खेत,नेपालगन्ज जाने गरेका छन् ।
अबरुद्द सडक खुलाउने र पहिराे पन्छाउने बारे तयारी भईरहेकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ ।



