युवा नेता टेकराज पछाई ः पहिलोपटक सांसद हुदै मन्त्री

जुम्ला ः नेकपा एमाले युवा नेता टेकराज पछाई हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ०७९ मा कर्णाली प्रदेश सांसदमा निर्वाचन भएका हुन् । उनी तत्कालिन भौतिक पूर्वाधार मन्त्री पदम रोकायालाई पराजित गर्दै प्रदेश निर्वाचन क्षेत्र २ सिंजा क्षेत्रबाट निर्वाचित भएका हुन् ।
विद्यार्थीबाट राजनीति गर्दै आएका पछाई पहिलोपटक सांसद निर्वाचित हुदै मन्त्रीसमेत भएका छन् । उनले अहिले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । उनले विहिबार शपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।
कनकासुन्दरी – ६ पछाईवाडा जुम्लाका मन्त्री पछाईको राजनीतिक जीवन यात्रा विद्यार्थी जीवनबाट भएको थियो ।
२०५५ सालदेखि २०५७ सालसम्म काठमाडौंको अमृत साइन्स क्याम्पसको सदस्य, २०५७ देखि २०६० सम्म सहसचिव हुदै २०६० देखि ०६२ र २०६२ देखि २०६५ मा स्ववियू सभापति भएका थिए । दुर्गमबाट गएर काठमाडौंमा विद्यार्थी राजनीति गरेका पछाई अब गाउँकै प्रतिनिधित्व गरेर सासद हुदै सामाजिक विकास मन्त्री भएका छन् ।
पछाईले पार्टीका विभिन्न संगठन हुदै नेकपाको समयमा प्रदेश कमिटी सदस्य र हाल नेकपा एमालेको प्रदेश उपसचिव हुन् ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस