जुम्ला । कर्णाली प्रदेशका दुर्गम जिल्लामा हुने नियमित हवाई उडानमा ई–टिकट प्रणाली लागु भएको छ । नेपालगन्ज विमानस्थलबाट कर्णाली प्रदेशका जुम्ला,मुगु,डोल्पा,हुम्ला लगायतका ६ जिल्लामा हुने नियमित उडान सेवामा नेपाल एयरलाईन्सले ई–टिकट प्रणाली लागु गरेको हो ।
यात्रुहरुको सहजताका लागि नेपालगन्जबाट हुने नियमित उडानमा सबै फलाईटका यात्रुहरुका लागि अनिवार्य ई–टिकट प्रणाली संचालन गर्ने नेपाल एयरलाईन्सले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
विज्ञप्तीमा भनिएको छ,“यस निगमको पश्चिमा अंचल क्षेत्रिय केन्द्र नेपालन्ज विमानस्थलबाट उडान भर्ने कर्णाली सहितका विभिन्न स्टेशनका यात्रुहरुको सहजताका लागि उडान तालिका अनुसार अनिवार्य ई–टिकटको व्यवस्था गरिएको छ । विगतमा नाम दर्ता अनुसार टिकट वितरण गर्दै आएकोमा यात्रुले सास्ती खेप्नु परेको कुरालाइ मध्यनजर गर्दै माग १९ गते २ फ्रेबुअरीबाट (वईभ नेपाल एयरलाईन्स) को एप्स र ई–सेवा मार्फत टिकट लिन सकिने प्रणाली लागु गरिएको छ ।”
ई–टिकट प्रणालीले विशेषगरी टिकटका लागि हप्ता महिनादिन विमानस्थल धाउने कर्णालीका नागरिकलाई राहत हुने अपेक्षा गरिएको छ । जुम्लासहित कर्णालीमा तत्काल ई–टिकट प्रणाली लागु गर्न,जुम्ला विमानस्थल स्तरबृद्धि गर्न पर्यटन मन्त्री सक्षम जुम्लाका प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले बताउनुभयो ।
उहाँले भन्नुभयो,“जुम्ला विमानस्थल स्तरबृद्धि गर्न,जुम्लामा तत्काल ई–टिकट प्रणाली लागु गर्न पर्यटन मन्त्री सुदन किराँतीसंग माघ ९ गते लिखित माग पेस गरेको थिए । कर्णालीका हवाई सेवाका समस्यालाई मध्यनजर गर्दै,आफ्नो मागको सुनुवाई गर्दै जुम्ला–नेपालगन्ज उडानमा ई–टिकट प्रणाली लागु भएको सांसद लामाको दाबी छ । जुम्लामा ई–टिकट प्रणाली लागु गर्न आफुले सपथ खाएदेखिनै निरन्तर पहल गरेको उहाँको भनाई छ ।
जुम्लामा हप्तामा एक दिन उडान गर्ने नेपाल एयरलाईन्सले कर्णालीमा ई–टिकट प्रणाली लागु गरेपनि स्थानीय सर्वधारण खुसी भएका छन् ।