चन्दननाथ १ मा भिषण आगलागी:जलेर एककाे मृत्यु,घर पुर्णरुपमा क्षति


जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १ ठिन्के स्थित एक घरमा आगलागी हुँदा जलेर एकजनाकाे मृत्यु भएकाे छ । चन्दननाथ १ निवासी लाेक बहादुर भण्डारीकाे घरमा गएराती ११ बजे आगलागी हुँदा भण्डारीकै छाेरी अन्दाजी १४ वर्षिय बन्दना भण्डारीकाे जलेर मृत्यु भएकाे प्रहरी निरिक्षक याम बहादुर बुढामगरले जानकारी दिनुभयाे ।

उहाँका अनुसार तीन तले घर भने जलेर पुर्ण खरानी भएकाे छ । मृत्तक बन्दना भण्डारी तेस्राे तलामा भएकाे र आगाे नियन्त्रण बाहिर हुँदा बचाउन सकिएन् ।

प्रहरी निरिक्षक बुढामगर भन्नुभयाे,”घरमा रहेका ८ जना रहेछन् । आगलागी हुने बित्तिकै सबै बाहिर निस्कीएकाे र छाेरी बन्दना तेस्राे तलामा भएपछि आगाे नियन्त्रण बाहिर हुँदा प्रहरीले हरप्रयास गर्दा पनि बचाउन उद्दार गर्न सकिएन् । अन्य ७ जना परिवार भन सकुशल छन् । नगरपालिकाकाे दमकल पुगेपछि करिब ३/४ घण्टापछि आगलागी नियन्त्रणमा आयाे ।”

आगलागीकाे तथ्य कारण नखुलेकाे प्रहरीकाे भनाई छ । यदपी,सधै ग्याँस प्रयाेग गर्ने भण्डारी परिवारले गएराति ग्याँस सकिँदा चुलाेमा आगाे बालेकाे बुझिएकाे छ । घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

तीन तले घर जलेर पुर्णरुपमा नष्ट भएपनि क्षतिकाे एकिन विवरण आउन बाँकि छ । मृत्तक बन्दनाकाे शबलाई पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएकाे छ ।

आगलागी भएकाे खबर पाउने बित्तिकै दमकल लिएर घटनास्थलमा पुगि आगाे नियन्त्रण गरिएकाे चन्दननाथ नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्याैपानेले बताउनुभयाे ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस