
जुम्ला । जुम्लामा बितेको १५ महिना भित्र विभिन्न प्रकृतिका ९१ मुद्धा दर्ता भएका छन् । भने ती मुद्धामा संलग्न ८९ जना प्रतिबादीलाई पक्राउ गरी कानुन बमोजिम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक छ ।
जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले आफ्नो १५ महिने प्रगती विवण प्रस्तुत गर्दै हाल सम्म जम्मा ९१ वटा मुद्धा दर्ता र ८९ जना प्रतिबादीलाई पक्राउ गरी मुद्धा चलाएको बताउनुभयो ।
हाल सम्म दर्ता भएका ९१ वटा मुद्धा मध्य सबैभन्दा बढी जर्बरजस्ती करणीका १८ वटा मुद्धा दर्ता भएका छन् । जरर्बजस्ती करणीको मुद्धामा २१ जनालाई पक्राउ गरीएको छ । भने, लागु औषधका १० वटा मुद्धा दर्ता र ३१ जना प्रतिबादी पक्राउ,कर्तव्य ज्यान तर्फ ४ वटा मुद्धा दर्ता ४ जना पक्राउ भएका छन् ।
त्यस्तै जर्बरजस्ती करणीको उद्योग तर्फ २ वटा मुद्धा दर्ता,२ जना पक्राउ,ज्यानमार्ने उद्योगमा ४ वटा मुद्धा दर्ता ६ जना पक्राउ,चोरीतर्फ ११ वटा मुद्धा दर्ता १७ जना पक्राउ अभद्र व्यवहारको ८ वटा मुद्धा दर्ता १० जना पक्राउ गरी कानुन अनुसार प्रक्रिया गरी बढाइएको छ ।
साथै, सवारी ज्यान तथा सवारी भव्यतव्यको ८ वटा मुद्धा दर्ता ४ जना पक्राउ,भव्यतव्य ज्यानको ९ वटा, झुण्डी आत्महत्याको ७ वटा र अन्य १० वटा गरी कुल ९१ वटा मुद्धा दर्ता भएको डिएसपी चन्दको १५ महिने प्रगती विवरणमा उल्लेख छ ।
फैसला कार्यान्वयन तर्फ विभिन्न १८ जना फरार प्रतिबादी पक्राउ गरी १२ वर्ष ८ महिना ७ दिन कैद र १३ लाख ७० हजार ७४ रुपैया जरिवाना असुली गरिएको डिएसपी चन्दले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
घरेलुहिंसा तर्फका ९० वटा उजुरी परेकामा ६० वटा मिलापत्र,२५ आफुखसी अदालत गएको र २५ जना सम्पर्कमा नआएको पाइएको छ । त्यस्तै सामाजिक उजुरीतर्फ ७४ वटा उजुरी परेका तथ्यांक छ ।
साथै हराएका ११६ जना महिला,बालबालिका पुरुषहरु मध्य सबै फेला परेको प्रगती विवरणमा छ । बितेको १५ महिनामा २ हजार ८ सय ८२ वटा सवारी कारबाहि भएको र त्यसबापत २४ लाख २१ हजार ५ सय राजश्व असुली भएको छ ।
डिएसपी चन्दले बुधबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत १५ महिने प्रगती सार्वजानिक गर्दै न्युन जनशक्ति,स्रोत साधनको अभावका बीच सुशासन कायम,शान्ति सुरक्षा,चोरी डकैती नियन्त्रण,लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा सचेतना मुलक विभिन्न २५१ टा कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।
जुम्लाबाट सरुवा भई पोखरा जान लागेका डिएसपी चन्दले आफ्नो १५ महिने कार्यकाल समग्रमा सन्तोषजनक रहेको बताउनुभयो । विकाससंगै भित्रिएको लागु औषध नियन्त्रणमा निरन्तर खटेपनि अपेक्षित उपलब्धी हुन नसकेको समेत उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले जुम्लामा लागु औषध दुव्र्यसनी नियन्त्रण अपेक्षित रुपमा भएकोले प्रहरीले सचेतनासंगै सुक्ष्म अनुसन्धान र कारबाहि गर्नुपर्नेमा जोड दिएका थिए । जुम्लाको नयाँ डिएसपीका रुपमा प्रलात कार्की आउन लागेको प्रहरी निरिक्षक धर्मराज जोशीले बताउनुभयो ।



