पूर्वाधार कार्यालय तीन कर्मचारीकै भरमा,विकासका काम गर्नै मुस्किल

जुम्ला । पूर्वाधार विकास कार्यालय तीन जना प्राविधिक कर्मचारीको भरमा चलिरहेको छ । तीन वटा बहुवर्षिय योजना संगै दुई दर्जनबढी साना योजना सहित झलंगे तथा पक्की पुल निर्माणको काम गर्दै आएको कार्यालयले प्राविधिक जनशक्ति अभावमा तीनजना कर्मचारीको भरमा चलेको छ ।
जम्मा ११ जना दरबन्दी रहेको कार्यालयमा ८ जना मात्रै कार्यरत रहेको पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि बहादुर ओलीले बताउनुभयो । उहाँले भन्नुभयो,“११ जनाको दरबन्दीमा कार्यरत ८ जनामध्य कार्यालय प्रमुख सहित प्राविधिक जनशक्ति ३ जना मात्रै छौ । बाँकी ५ जना प्रशासनतर्फका कर्मचारी हुन् । प्रदेशमै जनशक्ति नभएकोले माग गर्दा पनि पदपुर्ति हुन सकेको छैन् ।”

ईन्जिनियर २ जनाको दरबन्दी रहेकोमा १ जना र ३ जना सव–ईन्जिनियर रहेकामा १ मात्रै कार्यरत छन् । ३ जना प्राविधिक जनशक्ति रिक्त रहेको प्रमुख ओलीले जानकारी दिनुभयो । पूर्वाधार विकासको कामलाई गति दिन नसक्नु,लक्ष्य अनुसार बजेट खर्च गर्न नसक्नुका विभिन्न कारण मध्य जनशक्ति अभाव र मौसमी प्रतिकुलता मुख्य कारण रहेको उहाँको भनाई छ ।

कार्यालयको अर्धबार्षिक पुँजीगत खर्च ९ दशमलब ४२ प्रतिशत भएको छ । पुजीगत तर्फ विनियोजित कुल ६३ करोड ४२ लाख ३२ हजार मध्य ६ महिनामा ६ करोड १ लाख अर्थात ९.४२ प्रतिशत खर्च भएको हो ।

६ महिनामा न्युन बजेट खर्च हुनुका मुख्य कारण कर्मचारी अभाव,दुईवटा चुनाव र मौसम प्रतिकलता र टुक्रे योजना रहेको प्रमुख ओलीले उल्लेख गर्नुभयो । यदपी असार मसान्त सम्म ७० प्रतिशत पुँजीगत खर्च हुने उहाँको दाबी छ ।

तीन बहुवर्षिय योजना संगै दर्जनौ साना योजना,पुल निर्माणको काम गर्दै आएको पूर्वाधार कार्यालय प्रमुखसहित ३ जना प्राविधिक जनशक्तिको भरमा चलेको छ ।

दरबन्दी ११ जना रहेकोमा कार्यरत ८ जना छन् जसमध्य कार्यालय प्रमुख सहित ३ जना मात्रै प्राविधिक कर्मचारी रहेको कार्यालय प्रमुख ओली बताउनुभयो । तीन जना कर्मचारीका भरमा चलेको पूर्वाधार कार्यालय सकी नसकी प्रतिकुलताका बीच पूर्वाधार विकासको कामलाई अघि बढाईरहेको ईन्जिनियर टेक हितानले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस