बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौँ , मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।  ८८ बर्षको उमेरमा आज विहान ४ बजेर १५ मिनेट जाँदा उनको निधन भएको अन्नपूर्ण न्युरो अस्पताल माईतीघरले जनाएको छ। उनी पोष्ट कोभिड समस्याबाट पिडित भएर अस्पताल भर्ना भएका थिए।

नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो सामाजिक सञ्जाल मार्फत केही दिन अघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । त्यसैगरी  शोकाकुल परिवारजनमा ओलीले गहिरो समवेदना पनि व्यक्त गरेका छन।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस