माओवादीले पुस १० को सम्झौता कार्यन्वयन गर्नु पर्छ ः योगेश भट्टराई


जुम्ला ः नेकपा माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यन्वयन गर्नुको विकल्प नरहेको एमाले पार्टी सचिव योगश भट्टराईले बताए । सचिव भट्टराई पार्टीको ग्रासुट अभियाजनमा जुम्ला पुगेको बेला पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । माओवादीले पुुस १० को सहमति कायम राख्छ भनेर राष्ट्रपति पदमा एमाले पार्टीको उम्मेदवारी भएको उनले बताए ।
नेकपा एमाले पार्टी सचिव तथा सांसद भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताए । यदि सम्झौता विपरित काम गरेको खण्डमा माओवादी पतनको बाटो रोजेको बुझिन्छ ।
पत्रकार भेटघाटमा नेता भट्टराईले माओवादीले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा पुस १० को सम्झौता अनुसार माओवादीले एमालेलाई राष्ट्रपतिको मत दिने विश्वास गरिएको छ । उनले भने यो माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले सहमतिको कार्यान्वयन माओवादीले गर्नेमा जोड दिए ।
प्रेस चौतारी जुम्लाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले माधव नेपालले पनि ठूलो अवसर गुमाएको बताए । नेकपा एमालेले फेरी एक पटक उनलाई राष्ट्रिपतिको उम्मेदवारको लागि भनेको भएपनि स्विकार नहुनु उनका लागि घाटा भएको बताए ।
नेता भट्टराईले आफु ग्रासुट अभियानमा कर्णालीमा आएको वताए । उनले तत्कालै शुरु गरिने पार्टी सुदृढ अभियान वैशाख ९ गतेसम्म संचालन हुने जानकारी दिए । पार्टी भित्रको तल्लो अवस्था सुदृढ गर्न पछिल्लो समयमा भएका गतिविधिका बिषयमा वुझ्न अव एमाले ग्राउण्ड स्तरमा होमिएको छ ।
वर्तमान राजनितिक सत्ता समिकरणको बिषयमा सोधिएका प्रश्नमा उनले माओवादीले मत दिएमा एमालेले थप बलियो बनाईदिने बताउदै पुरानै समिकरणको कुरा वापपन्थीका लागि राम्रो नभएको उनले बताए । नेता भट्टराईले माओवादीले पुस १० को समझदारी भंग नगरेकाले राष्ट्रपतिलाई मतदान गर्ने छ । उनले सोही समझदारीका कारण सरकारवाट पनि नवाहिरिएको बताए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस