
जुम्ला २१ फागुन,नेकपा माओवादी केन्द्र जुम्लाले सात बुदे पोखरी घोषणापत्र जारी गरेकोे छ । माओवादी केन्द्र जुम्लाको दुई महिने सुदृढ अभियान अन्तरगत फागुन २० गते पोखरी घोषणापत्र जारी गरेको हो ।
तत्कालिन जनयूद्धकालको हेडक्टर तिला गाउँपालिका – ७ पोखरी गाउँमा पुगेर पत्रकार सम्मेलन गरी घोषणा पत्र जारी गरिएको हो । जहाँ पोखरी गाउँको जुम्लाको विकट बस्ती हो । उक्त ठाउँमा मोटर बाटो कच्ची ट्रयाक खोलिए पनि सवारी साधन गुड्दैनन् । यहाँका उत्पादन भएको कृषिजन्य बस्तु पिठ्यूमै बोकेर आयात र निर्यात गर्दै आएका छन् ।
तत्कालिन जनयूद्धमा पोखरी गाउँका पाँच जना शहिद भएका थिए घोषणा पत्रमा भनिएको छ । यहाँ गाउँबाट नै दुई महिने पार्टी सुदृढ अभियान प्रारम्भ गरिएको कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर कुवँरले बताए ।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीका अनुसार यो गाउँमा हाम्रै पहलमा ५० किलोवाटको सौर्य उर्जा प्रणाली स्थापना गरी उज्यालो गाउँ घोषणा गरेका छौँ । उनले भने मोटरबाट खनिएको छ । तर सवारी साधन गुड्ने स्तरबृद्धि गर्ने छौँ । यो गाउँको समृद्धि र विकासका लागि पहल गर्ने छौँ ।
देश र जनताप्रति गम्भीर र संविदेनशिल बन्दै सहिदले प्रदर्शन गरेको बाटोमा अविचलित निरन्तर अगाडी बढ्ने, जनता नै इतिहासका निर्माता र चालक शक्ति भएको बास्तविकतालाई ह्दयंगमन गर्दै जनतामा फर्किने, बलिदानको मुल्यमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धका अफवाह र षढ्यन्त्रहरुको भण्डाफोर गरिने छ ।
घोषणा पत्रमा भनिएको छ शहर र गाउँको भेद मेटाउन गाउँ केन्द्रित विकासमा जोड दिने । समृद्ध पोखरी गाउँ निर्माणलाई अर्जुन दृष्टी बनाउने छ । विकास तथा जनजीविकाका समस्याहरु समाधान गर्न अगाडी बढ्ने, समृद्ध र विकसित जुम्लाको लागि सुढृत र विस्तारित माओवादीको संकल्पलाई कार्यान्वयन गर्ने र रुपान्तरण तथा विस्तार गर्दै सुदृढ र एकतावद्ध पार्टी निर्माण गरिने छ । तत्कालिन हेडक्वाटर पोखरी गाउँमै पार्टीको विशेष कार्यालय स्थापना गर्ने नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।



