‘व्यवस्था फेरिएपनि महिलाका सवालहरु अझै पेचिलो बन्न सकेका छैनन्’ : उपमेयर खड्का

जुम्ला । महिलालाई नेतृत्व दिनु हुदैन्,महिला घरको काम बाहेक अरु गर्न सक्दैनन् । अर्थात सामाजिक रुपमा महिलाले विकास निर्माण,उद्यमशीलता,राजनीतिक,जागिर र व्यवसायका क्षेत्रमा पुरुष स्रह हैसियत राख्दैनन,त्यो क्षामता महिलामा हुदैन भन्ने संकिण सोच कर्णालीमा अझै विद्यमान छ ।

घरधन्दा महिलाको पेवा ठान्ने पृत्तीसत्तात्मक सोचले जगडिएको प्रबृत्तिले महिलाई नेतृत्व तहमा पुग्न बाधा गरेको छ । देशमा व्यवस्था फेरियो, ठुला राजनीतिक परिवर्तन भए,तर महिलाको अबस्था,नेतृत्व पहुँच,विकास निर्माणमा सम्मान सहभागीता अपेक्षित रुपमा हुन सकेको छैन् ।

संंघियतापछि दलहरुले महिलालाई उपप्रमुख र उपाध्यक्षमै सिमित बनाएका छन् । त्यो दलहरुमा देखिएको ज्वालन्त पुरुषबादी चिन्तनको उदाहरण हो । उपभोक्ता समितिको अध्यक्ष,विव्यसको अध्यक्षमा समेत महिलालाई स्वीकार नगर्ने प्रबृत्तिले ग्रामिण महिलाहरुले अझै अधिकार प्रत्याभुति भएको महसुश गरेका छैनन् ।

महिलालाई अघि बढन् रोक्ने, सामाजिक चिन्तन,संस्कार,विद्यमान पृर्तीसत्तामक सोचले क्षामतावान महिला सधै पर्दा पछि बस्नु पर्ने बाध्यता बीच पनि जुम्ला महिला राजनीतिक नेतृत्वदेखि सफल उद्यमी सम्म बनेका छन् ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्का भन्छन,“संघियतापछि पनि महिला शसत्तिकरण,नेतृत्व विकास,सम्मान सहभागिताको सवाल पेचिलो बन्न सकेन् । अझै महिलाले पुरुष सह्र काम गर्न सक्दैनन् भन्ने सोच छ । राजनीतिक नेतृत्व देखि विकासमा महिलाको अर्थपुर्ण सहभागिताका लागि स्वयम महिलानै एकजुट हुनु पर्ने संघर्ष गर्नुपर्ने बेला आएको छ ।”

हरेक वर्ष मनाईने दिवशले ग्रामिण महिलाका समस्या सम्बोधन गर्न सकेको छैन् । महिलामैत्री नीति,कार्यक्रम निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने उपमेयर खड्कको भनाई छ ।

नेपालको संविधान २०७२ को भाग–३ को मौलिक हक अन्तरर्गत (बुदाँ नं. १८) मा ‘समानताको हक’ले लिंगका आधारमा कुनै पनि विभेद गर्न नपाईने व्यवस्था छ ।

त्यस्तै मौलिक हक अन्तरर्गतकै (बुदाँ नंं ३८) मा ‘महिलाको हक’ मा लिंगका आधारमा कुनै विभेद गर्न नपाईने र पुरुष स्रह स्वास्थ्य,शिक्षा,रोजगार र सामाजिक सुरक्षा लगायतका अबसर सम्मान रुपमा पाउनु पर्ने स्पष्ट उल्लेख छ ।

तर व्यवहारमा कार्यान्वयन शुन्य छ । पहिलो कुरा समाजमा पुरुषबादी चिन्तन हाबी हुनु र  दोस्रो कुरा स्वयम महिला सक्षम र संघर्षशील नहुनु,अधिकारका लागि नेतृत्वसंग लड्न नसक्नु अहिलेको मुख्य समस्या हो ।

उपप्रमुख खड्काले भन्नुभयो,“औलामा गन्न सकिने महिला नेतृत्वमा पुगेका छन् । सफल उद्यमी बनेका छन् । तर तुलनात्मक रुपमा महिला अझै ओजेलमा छन् । महिलाका सवाल पेचिलो बन्न सकेको छैन् । दक्षता,क्षामता हुँदा पनि विकास निर्माण,उद्यमशीलता,नेतृत्व तहमा पुग्न महिलाका पुरुषबादी चिन्तन बाधक बनेको छ । महिला निरिह भएर सहनु पर्ने अबस्था छ ।”

आफ्नो पाँच वर्षको पारिश्रमिक नलिने र विपन्न महिलाको क्षामता विकास,शसक्तिरकण, र विपन्न बालबालिकाको शिक्षा दिक्षामा खर्चिने चन्दननाथकी उपमेयर खड्काले सपथ खाए लगत्तै घोषणा गर्नु भएको छ ।

महिला अधिकार कार्यान्वयनका लागि क्षामता विकास र जनचेतनामा जोड दिनुपर्ने उहाँको भनाई छ । चन्दननाथ नगरपालिकाले महिला उद्यमशीलता,क्षामता विकासमा आगामी नीति कार्यक्रममा विशेष प्रथामिकता दिने समेत प्रतिबद्धता गर्नुभयो ।

विकास भनेकै सडक हो भन्ने मानसिकतालाई स्थानीय सरकारले तोड्नु पर्छ । लैगिक समानता,समाबेशी विकास सम्मान कामको सम्मान ज्याला नेतृत्वमा सम्मान सहभागिताको सबालमा पेचिलो बहस,पैरबी गरेको खण्डमा ग्रामिण महिलाले अधिकारको प्रत्याभुति गर्ने महिला अधिकारकर्मी भगवती श्रेष्ठ बताउनुहुन्छ ।

स्थानीय तहको न्यायीक समितिले पनि ग्रामिण क्षेत्रका पिडित महिलालाई न्यायीक पहुँचमा ल्याउन जनचेतना मुलक कार्यक्रममा जोड दिनु पर्ने उहाँको भनाई छ । जुम्लाका आठै पालिकामा उपप्रमुखमा रहेका महिला जनप्रतिनिधिले महिला शसक्तिकरण र क्षामता विकास एजेण्डालाई नीति कार्यक्रममा प्रथामिकता दिने बाचा गरेका छन् । जुम्लामा बुधबार ११३ औँ अन्तराष्ट्यि महिला दिवश विभिन्न कार्यक्रम मनाईदैँ छ ।

जुम्लाकै सफल उद्यमी महिला
चन्दननाथ नगरपालिका ३ निवासी ४४ वर्षिय कुन्जाङ पुटिक तामाङ जिल्लाकै एक सफल महिला उद्यमी हुन् । जसले जुम्लामा महिलालाई रोजगारी सृजना संगै सिप हस्तान्तरणको काम गर्दै आएकी छन् ।

जन्म घर मुगु जिल्ला कार्मारोङ गाउँपालिका भएकी तामाङलाई मुगुको केहि गरौ भन्दा सामाजिक संस्कार र पुरुषबादी सोचले छेकेपछि उनी २०६० सालतिर जुम्ला आईन् । डेढ दशकअघि उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नु पथ्र्यो । के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्योे । तर २०६४ सालमा घरेलु तथा साना उद्योग विकास समितिको लघुउद्यमी तालिममा सहभागी भईन् । एकमहिने तालिममा भेडाको उन तथा धागोबाट झोला, लिउ, राडीपाखी, गलैचा बनाउने सीप सिक्नुभयो ।

तालिम सकिएपछि उनले भाडककै घरमा झोला, लिउ र राडीपाखी बनाएर बेच्न थाल्नुभयो ।  आम्दानी बढ्दै गयो । २०७० सालमा कुन्जाङ झोला तथा राडीपाखी उद्योग नै दर्ता गर्नुभयो । उक्त व्यवसाय थालेपछि जाडरक्सी बेचेको भन्दा आफुलाई सामाजिक रूपमा निकै सम्मानित महसुस भएको सुनाउनुभयो ।

उद्योगमा ६÷७ जना महिलालाई नियमित रोजगार दिएको र गाउँगाउँमा पनि महिलालाई उद्यमशीलता तालिम दिन जाने गरेको  उनको भनाई छ । २०६४ सालमा १० हजारबाट शुरु गरिएको व्यवसाय अहिले करोडमा परिणनत भएको छ । पछिल्लो समय जुम्लाको राडीपाखीको माग बढ्दै गएपछि तामाङ व्यवसाय फष्टाउदै गएको छ ।

संघर्ष, सामाजिक संस्कार तथा अभावका बीच सफल उद्यमी भएकी थुप्रै महिला मध्य कुन्जाङ पुटिक तामाङ एक उदाहरण मात्र हुन् । पुरुषबादी चिन्तनले जगडिएकाे समाजमा कुन्जाङ जस्ता संघर्षशिल महिला अपबादमा सफल महिला उधमी बनेका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस