जुम्लामा २४ औँ वनस्पति दिवस मनाइयो


जुम्ला । जुम्लामा २४ औँ वनस्पति दिवस मनाइएको छ । बुधबार धिताचौर स्थित वनस्पति उद्यानमा “जलवायु परिवर्तन एक चुनौती,समधानका लागि वनस्पति भन्ने नाराका २४ औ वनस्पति दिवस तथा वनस्पति विभागको ६३ औँ वार्षिक उत्सव मनाइएको हो ।

२०५६ सालमा स्थापना भएको साविकको (जिल्ला वनस्पति कार्यालय) हालको वनस्पति अनुसन्धान केन्द्रले जुम्लाका आठै पालिकामा जडिबुटिको खेती प्रविधि किसानलाई स्तान्तरण गर्ने,नयाँ प्रजाती पत्ता लगाउन अनुसन्धान गर्ने संरक्षण गर्ने लगायतको काम गर्दै आएको छ ।

२४ औँ वनस्पति दिवसका अबसरमा आयोजित कार्यक्रममा अनुसन्धान केन्द्रका निमित्त कार्यालय प्रमुख सहायक बैज्ञानिक अधिकृत तेज बहादुर दर्जीले सल्लोको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भयो ।

कर्णालीमा पाईने वनस्पतिको बैज्ञानिक पहिचान,संरक्षण,सदुपयोग तथा जडिबुटिको खेती प्रविधिका हस्तान्तरण र अनुसन्धानको काममा जोड दिदै आएको नित्तिम कार्यालय प्रमुख तेज बहादुर दर्जीले बताउनुभयो ।

उहाँका अनुसार दिवसका अबसरमा कैलास बोधी मावि स्कुलका कक्षा ८ र ९ का विद्यार्थीलाई जडिबुटिको खेती प्रविधि,वनस्पति संरक्षण,सदुपयोग र पछिल्लो समय जलवायु परिवर्तनले पारेको असरका विषयमा सचेतना दिइएको छ ।

कर्णालीको लोपोन्मुख वनस्पतिको अनुसन्धान तथा संरक्षणमा नागरिकतहबाटै खेती विस्तार हुन जरुरी छ । धिताचौर वनस्पति उद्यान वनस्पति अनुसन्धानसंगै जिल्लाको आर्कषक पर्यटकीय स्थलका रुपमा विकास हुदैँ आएको छ ।

कर्णालीमा पाईने जडिबुटीको संरक्षण तथा अनुसन्धानका लागि तीनै तहमा संरचना बनाउन,किसानले जडिबुटिको खेतीमा चासो दिन उत्तिकै आबश्यक रहेको निमित्त प्रमुख दर्जीले जनाकारी दिनुयो ।

लोपोन्मुख वनस्पतिको अनुसन्धानमा वनस्पति अनुसन्धान कार्यालयले पछिल्लो समय गरेको प्रयास प्रशांसा योग्य छन्् ।
यदपी,अपेक्षाकृत काम भने हुन नसकेको छैन् । जुम्लामा झण्डै ५ दर्जन बढी प्ररकारका वनस्पतिको अनुसन्धान भईरहेको । वनस्पति मानव जीवनको अभिन्न अङ्ग हो पनि ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण लोपउन्मुख बनेको वनस्पतिको अनुसन्धान तथा संरक्षण गर्नु स्थानीय सरकारको पनि मुख्य दायित्व हुनुपर्नेमा जोड दिइएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस