जुम्लामा बहुउद्देश्यीय कबडहल उद्घाटन


जुम्ला ः जुम्लामा बहुउद्देश्यीय कबडहल उद्घाटन गरिएको छ । राष्ट्यि खेल विकास समितिका केन्द्रीय सदस्य सचिव टंकलाल घिसिङले कबडहल उद्घाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समितिले २०६१ सालमा राजा ज्ञानेन्द्र शाहसँग जुम्लामा कबडहल निर्माण गर्नका लागि विन्ति पत्र चडाएको कार्यालय प्रमुख तथा भलिबल प्रशिक्षक बरमबहादुर महतले बताए ।

उनले भने त्यसपछि २०६४ मंसिर २७ गते बहुउद्देश्यीय कबड हल निर्माण गर्नका लागि राखेपका तत्कालिन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका हुन् । सुरुमा १५ लाख बजेटमा कबड हलको निर्माण कार्य थालिनी भएको हो ।

कबड हल निर्माण गर्नका लागि जम्मा एक करोड ७१ लाख बजेट खर्च भएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख महतले बताए । उनले भने थोरै थोरै बजेट पटक पटक विनियोजन भएर निर्माण भएको हो । यो हलभित्र इन्डोर खेल भलिबल, व्याडम्यान्टिन, कराते, बक्सिङलगायतका खेल खेलाउने सकिन्छ ।

राखेपका सदस्य सचिव घिसिङले भने संघीयता पछि खेलकुद विकास समितिमा संघ र प्रदेशका कर्मचारी समायोजन नहुदा समस्या भएको छ । यो समस्या भएता पनि खेल क्षेत्रको विकासका लागि स्थानीय स्तरमा सवैले समन्वय र सहकार्यमा काम गर्नुपर्ने अवस्था रहेको छ । स्थानीय स्तरको स्रोत साधन प्रयोग गरी यहाँको खेलकुद बजबुद बनाउन आवश्यकता रहेको छ । खेलकुद विकास समितिको स्वामित्वमा भौतिक संरचना रहेकोले त्यसको भरपुर सदुपयोग गर्नु पर्दछ ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस